2 years ago
August 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट फिल्डिङमा मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ ।

जितको लागि १ सय ५ रनको सामान्य लक्ष्य टाइगर्सले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । श्रीमन्था विजयरत्ने १५ बलमा २ चौकासहित १५ रनमै नट आउट रहे । मोहम्मद वासिम २४ बलमा २ छक्कासहित २३ रनमा आउट भए।
त्यसअघि वल्भस टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो । ओपनर आरोन जोनसनले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए । उस्मान खान ११, कोलिन डी ग्रान्डहोम २० र मार्क च्यापम्यानले ११ रन बनाए ।
नेपालका दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेट र आयन खानले समान दुई विकेट लिए । दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिदै जित सहज बनाए ।
ओपनर उस्मान खान कार्लोस ब्रेथवेटको बलमा दीपेन्द्रबाट समातिन पुगेका थिए । दीपेन्द्रले न्युजिल्यान्डका स्टार ब्याटर मार्क च्यापम्यानलाई ११ रनमा बोल्ड आउट गरेका थिए ।
दीपेन्द्रले न्युजिल्यान्डका अलराउन्डर समेत रहेका कोलिन डी ग्रान्डहोम तथा अष्ट्रेलियाका क्रिस गिनलाई विकेटकिपर श्रीमन्थाबाट रन आउट गराएका थिए ।
पहिलो क्वालिफायर खेलमा सन्दीप सम्मिलित सर्रे जागुअर्सले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
टाइगर्स र नाइट्सबीच आज राती दोस्रो क्वालिफायर हुनेछ । उक्त खेलको विजेता टोलीले आइतबार सर्रेसँग उपाधिको लागि भिड्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]