default_image

2 years ago

August 5, 2023

नेपाली क्रिकेटमा ज्ञानेन्द्रका पाँच दुर्लभ कीर्तिमान

6576 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट इतिहासकै एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले शुक्रबार आफ्नो क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले एक पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएका हुन् ।

आगमी महिना श्रीलंका र पाकिस्तानमा हुने एसिया कपबाट सन्न्यास लिने अनुमान गरेपनि त्यसअघि नै ज्ञानेन्द्रले घोषणा गरेका हुन् । यू१५, यू१७, यू१९ हुँदै २००६ मा नेपाली सिनियर क्रिकेट टोलीबाट खेलेका ज्ञानेन्द्रले १८ वर्ष आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिएका हुन् ।

३३ वर्षीय ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआई र ४५ टि२० आई खेल खेलेका छन् । ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समेत गरेका थिए ।

झण्डै दुई दशक नेपाली क्रिकेट टोलीबाट खेल्दा ज्ञानेन्द्रले थुप्रै उत्कृष्ट इनिङ खेलेका थिए । ज्ञानेन्द्रले नेपाली क्रिकेट टोलीमा बनाएका पाँच दुर्लभ कीर्तिमान यस प्रकार छन् ।

५.टि२० आईमा छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी

ज्ञानेन्द्र मल्ल टि२० आई खेलमा नेपालबाट छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् । नेपालले २०१४ को टि२० विश्वकपमा हङकङविरुद्ध टि२० आईमा डेब्यू गरेको थियो । ज्ञानेन्द्रले त्यसै खेलमा २० औं ओभरको पहिलो बलमा हसिब आजादलाई काउकर्नरमा छक्का प्रहार गर्दै उक्त कीर्तिमान बनाएका थिए । त्यो नेपालबाट टि२० आईमा प्रहार भएको पहिलो छक्का थियो ।ज्ञानेन्द्र नेपालबाट टि२० आईमा पहिलो छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

ज्ञानेन्द्रले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ तथा पारस खड्काले ४१ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । नेपालले हङकङलाई ६९ रनमा अल आउट गर्दै ८० रनको सानदार जित हात पारेको थियो ।

४.टि२० आईमा सर्वाधिक छिटो अर्धशतक

ज्ञानेन्द्र मल्ल टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर हुन् । ज्ञानेन्द्रले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाविरुद्ध २०१९ मा मात्रै २० बलमा अर्धशतक पूरा गरेका थिए । त्यो कुनैपनि नेपाली ब्याटरले टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गरेको कीर्तिमान हो ।

उक्त खेलमा ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रन बनाएका थिए । त्यसअघि मलेसियाविरुद्ध विनोद भण्डारीले दोस्रो टि२० आई खेलमा मलेसियाविरुद्ध २५ बलको कीर्तिमान तोडेका थिए । कुशल मल्लले नेदरल्यान्ड्सविरुद्ध २०२१ मा टियु मैदानमा २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित इनिङ खेलेका थिए ।

३.ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली

ज्ञानेन्द्र ओडिआईमा पहिलो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ अगष्टमा नेपालले ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दा ज्ञानेन्द्रले नेदरल्यान्ड्सविरुद्ध ६१ बलमा ८ चौकासहित ५१ रनको इनिङ खेलेका थिए ।
टि२० आईमा भने पहिलो अर्धशतक प्रहार गर्ने ब्याटर सुवास खकुरेल हुन् ।

खकुरेलले २०१४ को टि२० विश्वकपमा अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए । नेपाली क्रिकेट इतिहासमै पहिलो अर्धशतक भने पवन अग्रवालले प्रहार गरेका थिए । पूर्वकप्तान पवनले १९९६ को एसिसी ट्रफीमा ब्रुनाईविरुद्ध ८० रनको इनिङ खेलेका थिए ।

२.अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक

ज्ञानेन्द्र नेपाली क्रिकेट इतिहासमा कुनैपनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध एसिसी इलिट ट्रफीमा मात्रै १८ बलमा अर्धशतक पूरा गरेका थिए । त्यो कुनैपनि नेपाली ब्याटरले पूरा गरेको सर्वाधिक छिटो अर्धशतक हो ।

त्यसपछि ज्ञानेन्द्रले नै टि२० आईमा २० बलमा २०१९ मा मलेसिया र आसिफ शेखले ओडिआईमा २१ बलमा २०२३ मा पपुवा न्युगिनीविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

घरेलु क्रिकेटमा ५० ओभरको राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल पुलिस क्लबबाट पवन सरार्फले १३ बलमा लुम्बिनीविरुद्ध २०२१ मा पूरा गरेका थिए । टि२० घरेलु क्रिकेटमा नेपाल एपिएफ क्लबबाट आर्मीविरुद्ध लोकेश बमले १४ बलमा अर्धशतक प्रहार गरेका थिए ।

१.एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने एक्लो नेपाली क्रिकेटर

ज्ञानेन्द्र नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने एक्लो नेपाली क्रिकेटर हुन् । ज्ञानेन्द्रले साउदी अरेवियाविरुद्ध २०१२ मा एसिसी ट्रफी इलिटमा दशौं ओभरमा नदिम जावेदलाई लगातार ६ चौका प्रहार गरेका थिए । उनी बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले एकै ओभरमा ६ बाउन्ड्री प्रहार गरेका छैनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.