default_image

2 years ago

August 5, 2023

भारतमा ६ नेपाली खेलाडीले प्रशिक्षण गर्ने

3222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यसै वर्ष अन्तिममा घरेलु मैदानमा हुने टि२० विश्वकप एसिया क्षेत्र छनोलाई ध्यानमा राख्दै ६ नेपाली क्रिकेट खेलाडीलाई भारतमा अभ्यास प्रशिक्षण गराउने भएको छ ।

नेपालले विकेटकिपर विनोद भण्डारी, तीव्र गतिका बलर कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, अलराउन्डर विवेक यादव, आक्रामक ब्याटर लोकेश बम र बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीलाई भारतको दिल्लीमा पठाउने भएकोछ । यी ६ खेलाडी त्यसतर्फ लागि सकेका छन् । सिनियर टोलीमा नभएका खेलाडीलाई भारतमा पठाउने भएको हो ।

विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव भने दुई महिनापछि चीनमा हुने १९ औं एसियाली खेलकुदको लागि नेपाली क्रिकेट टोलीमा छन् । अन्य खेलाडी भने नेपालको टोलीमा छैनन् । तीव्र गतिका बलर कमलसिंह ऐरी सिनियर टोलीमा पूनरागमनको पर्खाईमा छन् ।

उत्कृष्ट लयमा रहेको अवस्थामा गतवर्ष टियुमा घाइते भएपछि कमलले टोलीमा पूनरागमन गर्न सकेका छैनन् । उनी नेपालको बन्द प्रशिक्षणमा बने निरन्तर पर्दै आएका छन् । बायाँ हाते तीव्र गतिका बलर कमल खत्री भने सिनियर टोलीको बन्द प्रशिक्षणमा हालसम्म परेका छैनन् । तर नेपालले नेट बलरको रुपमा निरन्तर प्रयोग गर्दै आएको छ ।

कोशी प्रदेशका कमल बायाँ हाते बलरको रुपमा चिनिन्छन् । शरीरिको उचाई हुँदा नेपाल उनलाई तयार पार्न खोजेको छ । विवेकले सिनियर टोलीमा पर्याप्त मौका पाउन सकेका छैनन् ।

स्पिनर सागर र आक्रामक ब्याटर लोकेश बम पनि सिनियर टोलीमा पूनरागमन गर्न सकेका छैनन् । यी ६ खेलाडीले एक महिना सम्म भारतमा रहेर अभ्यास गर्नेछन् । भारतीय अलराउन्डर प्रदीप साहुको मुख्य प्रशिक्षकमा नेपाली खेलाडीले अभ्यास गर्नेछन् । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंले खेलाडीहरुको अभ्यास निरिक्षण गर्नेछन् । नेपालले टि२० विश्वकपलाई विशेष ध्यानमा राखेको छ ।

अक्टोबर ३० देखी ९ नोभेम्बरसम्म हुने एसिया क्षेत्र छनोटबाट आयोजक नेपाल, मलेसिया हङकङ, युएई, ओमान, सिंगापुर, बहराइन र क्वालिफायर ए र बी बाट आउने दुई टोली हुनेछन् । एसिया छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया छनोटबाट विजेता टोली नेपाल आउनेछ ।

अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, स्कटल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनीले विश्वकपमा स्थान बनाई सकेका छन् ।

नेपालको सिनियर टोलीले अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म हुने एसिया कप खेल्नेछ । एसिया कपको समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । नेपालले ३० अगष्टमा पाकिस्तान र ४ अगष्टमा पाकिस्तानसँग खेल्नेछ । नेपालको सिनियर टोली १५ दिन विशेष प्रशिक्षण गरेर श्रीलंकाबाट फर्कि सकेको छ ।

नेपालले अव चाँडै नै एसिया कपको लागि नेपालमा तयारी थाल्नेछ । नेपालले विश्वकप छनोट अघि घरेलु मैदानमा वेस्टइन्डिजसँग सिरिज खेल्ने सम्भावना पनि धेरैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.