2 years ago
August 6, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १ सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मोन्टरिएल टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सलाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा शेर्फान रदरफोर्डले रायन पठानलाई लगातार तीन छक्का हान्दै खेल जिताएका थिए ।
रदरफोर्ड ३४ बलमा २ चौका र ३ छक्कासहित ४८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भए ।
एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले रदरफोर्डसँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आयन खानले १४ बलमा १ चौका र १ छक्कासहित १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिम १३ रनमा आउट भए ।
नाइट्सका जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७रन बनाएको थियो । उसका लागि ओपनर मोहम्मद रिजवान ३३ बलमा २ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।
कब्रिन बोसले २८ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए । हर्ष ठाकेर २ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा नट आउट भए । एक समय १२.३ ओभरमा ९०-१ को अवस्थामा रहेको अवस्थाबाट नाइट्सले लगातार चार विकेट गुमाएपछि ठूलो योगफलको सम्भावना गुमाएको थियो ।
टाइगर्सका अब्बास अफिदीले ४ ओभरमा ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिए । टाइगर्सले उपाधिको लागि आज राती ९ : ४५ मा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]