2 years ago
August 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् । नेपालका सर्वाधिक सफल कप्तान पारसले हाम्रो खेलकुदसँग कुराकानीमा आफूले बागमती प्रदेशको चुनावमा लड्न तयारी गरिरहेको बताएका छन् ।

पारसले केन्द्रिय चुनावका लागि भने हालसम्म केहि नसोचेको र प्रदेशको चुनावपछि मात्रै त्यसतर्फ ध्यान दिने बताएका छन् । पारसले दुई वर्षअघि नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । त्यसयता उनले क्यानमा आउने इच्छा रहेको बताएका थिए ।
क्यानको विधान अनुसार चुनावमा लड्न राष्ट्रिय क्रिकेट टोलीबाट खेल्न छाडेको दुई वर्ष पुगेको हुनुपर्छ । पारसले सन्न्यास लिएको तीन दिन अघि दुई वर्ष पूरा भएपछि उनलाई चुनावमा सहभागी हुने बाटो खुलेको हो । पारसले आफ्नो गृह जिल्ला काठमाडौं हुँदै बागमती प्रदेशको चुनाव लड्ने तयारी गरेका छन् ।
‘क्रिकेटमै काम गर्ने मेरो इच्छा हो । हालका लागि आफैंले खेलेको बागमती प्रदेशको अध्यक्षमा लड्ने तयारी गरिरहेको छु । केन्द्रिय चुनावबारे अहिले केही पनि सोच छैन । अहिलेलाई प्रदेशको चुनावको लागि तयारी गरिरहेको छु,’ नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक सफल कप्तान रहेका पारसले भने ।
क्यानले साउन मसान्तसम्म जिल्लाको चुनाव सक्नेछ । त्यसपछि भदौ दोस्रो साता प्रदेशको चुनाव हुनेछ । केन्द्रको चुनाव भने असोजमा हुनेछ । दुई वर्षअघि पारसले अप्रत्याशित सन्न्यास दिनुको मुख्य कारण नै क्यानमा आउनु थियो ।

बागमती प्रदेशमा क्यानको सदस्य मान्यता प्राप्त जिल्लामा मकवानपुर, चितवन, ललितपुर, भक्तपुर, काठमाडौं र नुवाकोट छन् । बागमती प्रदेशमा पारसविरुद्ध चितवन जिल्लाबाट उमेश पिया लड्ने चर्चा छ ।
क्यानको केन्द्रिय चुनावमा कुल ८६ भोट हुनेछ । क्यानको अध्यक्ष जित्न कुल ४४ भोट चाहिन्छ । ४५ जिल्लाबाट एक एक मतभार रहनेछ । प्रदेश चुनावबाट २४ मत, निर्णाक तथा स्कोर संघ र प्रशिक्षक संघबाट एक-एक मत हुनेछ । हालको कार्यसमितिबाट १७ सदस्य मत हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]