2 years ago
August 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले फिटनेशमा गम्भीर भएर काम गरेको बताएकी छिन् । अर्को महिना मलेसियामा हुने आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि टियुमा बन्द प्रशिक्षणमा ब्यस्त रुविनाले हाम्रो खेलकुदसँग कुराकानी गर्दै उक्त प्रतिक्रिया दिएकी हुन् ।

‘खेलाडीहरु एक महिना अघि देखीनै आएर तयारी गरेका छन् । बन्द प्रशिक्षण कहिले हुन्छ भन्दा पनि यो प्रतियोगिता हुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो । प्रतियोगिता सुरु हुन भन्दा एक महिना अघि बन्द प्रशिक्षण पनि सुरु भई सकेको छ । हामीले गर्नुपर्ने क्षेत्रमा काम गरेका छौं । तयारी राम्रो भएको छ’, रुविनाले तयारी बारे भनिन् ।
टिम हामीले युवा र अनुभवी मिलाएर राखेका छौं । युवा खेलाडीलाई पनि विकाश गर्ने तरिकाले अघि बढेका छौं । हामीले प्रशिक्षणमा पनि युवा खेलाडीलाई बोलाएनौं भने कसरी विकास गर्ने । टिममा १५ र १७ वर्षका खेलाडी पनि छन् । सिनियर खेलाडीले पनि पूनरागमन गरेका छन् । युवा र अनुभवी मिलाएर कसरी उत्कृष्ट टोली निकाल्न सक्छौं हामीले त्यसमा काम गरेका छौं’, रुविनाले भनिन् ।
नेपालले एक महिना अघि मलेसियासँग पाँच महिला टि२० आई सिरिज र एसिसी महिला इमिर्जङ प्रतियोगिता खेलेको थियो । पाकिस्तान ए लाई ८७ रनमा अल आउट गरेपनि नेपाल ९ रनले पराजित हुन पुगेको थियो । नेपाली महिला टोलीको लागि फिटनेश र ब्याटिङ प्रमुख कमजोरीको रुपमा देखिएका थिए । रुविना फिटनेशमा गम्भीर भएर लागेको बताउँछिन् ।

‘पछिल्ला दुई प्रतियोगिताले हामीलाई विश्वकप एसिया छनोटमा एकदमै सहयोग गर्नेछ । हामीलाई हाम्रो कमजोरी बारे थाहा भयो । त्यति बेला फिटनेशको कुरा धेरै नै निस्केको थियो । लाइभ हुनुको पनि एउटा फाइदा छ । त्यो कुरालाई गम्भीर रुपमा लिएर फिटनेशमा काम गरेको छौं । दुर्भाग्य हामीले पानीले गर्दा मैदानमा खेल्न पाएका छैनौं । क्यानले चाँडैनै गएर मलेसियासमा सिरिज खेलाउने कुरा भएको छ’, उनले भनिन् ।
त्यसैमा रुविनाले थपिन्, ‘भारतबाट ब्याटिङ प्रशिक्षक पनि आई सक्नु भएको छ । फिटनेश ट्रेनर र फिजियो दुबै उपलब्ध हुनुन्छ । जस्तो किसिमले टिम लिड गर्नुपर्ने हो त्यो भएको छ । मैले देवीकासँग फेयर ब्रेकमा बार्मी आर्मीमा पनि काम गरि सकेको छु । वहाँको के कुरा गर्नु । २५ वर्ष अनुभव भएको प्रशिक्षक हो । वहाँलाई ल्याउनु नै हाम्रो लागि ठूलो कुरा हो । क्यानलाई धन्यावाद भन्न चाहन्छु ।’
रुविनाले फेयर ब्रेकबाट आफ्नो लय समाएकी छिन् । ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रदर्शन गर्दै आएकी छिन् । नेपाली महिला टोलीमा पहिलो पटक विदेशी प्रशिक्षक आएकी हुन् । देवीकाले भारतीय टोलीबाट खेल्नुको साथै नेशनल क्रिकेट एकेडेमी (एनसिए) र मुम्बई इन्डियन्सको महिला टोली ब्याटिङ प्रशिक्षकको रुपमा काम गरि सकेकी छिन् ।

आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् ।
समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।
छनोट हुन नसके महिला टोली नै हराउन सक्ने दबाब भएको उनी बताउँछिन् । ‘अहिले हामीले सन्तुलित रुपमा हेरेका छौं । पहिला धेरै कुरामा कमजोरी हुन्थ्यो । हामी आफैंलाई पनि ज्ञान हुने थिएन । कन्डिसनमा खेलाडी जतिनै खेल्दैछन् । त्यतिनै क्रिकेट बुझ्दैछन् । यसको महत्व बुझ्दै छौं । हामी अहिले कुन अवस्थामा छौं । यो प्रतियोगितामा हामी छनोट भएनौ भने हामी कहाँ पुग्छौं ? महिला क्रिकेट नै हराउन सक्छ की भन्ने धेरै दबाब छ’, उनले भनिन् ।

रुविनाले विश्वकप ग्लोबल छनोटमा पुग्न बाहेक अन्य विकल्प नभएको बताउँछिन् । ‘हाम्रो लक्ष्य छनोट नै हुने हो । छनोट भएर आउने हो । त्यो बाहेक हामीसँग दोस्रो विकल्प छैन । आफ्नो भविष्य मात्रै होईन, युवा खेलाडीलाई कुन अवस्थामा छाड्ने र हामीले पनि क्रिकेट छाड्ने बेला राम्रो प्रभाव छाडौं भन्नेछ’, उनले भनिन् ।
रुविनाको पूरा भिडियो
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]