2 years ago
August 7, 2023
एजेन्सी – नेपाली क्रिकेट टोेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो ।
आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै खेल जिताएका थिए । त्यसअघि दोस्रो बलमा रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए ।
आन्द्रे रसेल ६ बलमा १चौका र २ छक्कासहित २० रनमा नट आउट रहे । दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट हुँदै आन्द्रे रसेललाई मौका दिएका थिए ।
शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । रदरफोर्ड नै खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए । क्रिस लिन ३५ बलमा ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए ।

सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन् । इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।
सअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा नटआउट रहेपनि त्यो उपाधि जित्न पर्याप्त थिएन ।
आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए । ओमान आयन र जतिन्दर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]