default_image

2 years ago

August 7, 2023

‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु’- क्रिस लिन

69003 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याटर तथा मोन्टरिएल टाइगर्सका कप्तान क्रिस लिनले ग्लोबल टि२० क्यानडाको उपाधि जितेपछि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन् । फाइनल खेलमा सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै उपाधि जितेपछि लिनले दीपेन्द्रलाई गराएको रिटायर आउट गर्न भएको कारण माफी मागेका हुन् ।

‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु । मैले आफ्नो खेल जीवनमा कहिले पनि सोचेको थिइन ब्याटरलाई रिटायर हुन भन्नेछु । तर जब टोलीमा आन्द्रे रसल जस्ता खेलाडी हुन्छन्, उनले हाम्रो टोलीलाई मजबुत बनाउँछन् । म दीपेन्द्रसँग माफी माग्न चाहन्छु, तर सबै खुसी हौं कि हाम्रो निर्णय सही सावित भयो र हामी च्याम्पियन बन्यौं’, लिनले खेलपछि भने ।

१८ औं ओभरको अन्तिम बलमा दीपेन्द्र रिटायर्ट हर्ट आउट भएका थिए । जितको लागि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको टाइगर्स १८ ओभरमा १०६-५ को अवस्थामा थियो । टिमलाई जितको लागि अन्तिम १२ बलमा २५ रन आवश्यक परेको थियो । दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाएको अवस्थामा रिटायर्ट आउट भएका थिए ।

रसेलले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँदा रसेलले अन्तिम बलमा छक्का हान्दै खेल जिताएका थिए । अमार खालिदलाई दुई छक्का हान्दै च्याम्पियन बनाए । अन्तिम बलमा दुई रन चाहिँदा छक्का प्रहार गरेका थिए ।

टाइगर्सका कप्तानले लिने दीपेन्द्रको तारिफ पनि गरे। ‘दीपेन्द्रले प्रतियोगितामा राम्रो गरे । १-२ खेलबाहेक अन्यमा खासै अवसर पाएका छैनन् । कहिले बलिङ पाएनन् त कहिले ब्याटिङ । तर पनि उनको जोशमा कुनै कमी आएको छैन । उनले टोलीको मनोबल पनि बढाएका छन् । र हाम्रो पहिचान पनि यही बनेको छ । मैदानमा जे जस्तो भएपनि हामी एक अर्कालाई साथ दिएर अघि बढेका छौं’, उनले दीपेन्द्रको तारिफ गर्दै भने ।

प्रतियोगितामा दीपेन्द्र टाइगर्सको लागि सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा रहे । दीपेन्द्रले ६ इनिङमा १ सय ४० बल खेल्दा १ सय ४३ रन बनाए । उत्कृष्ट प्रदर्शन २८ रहँदा स्ट्राइक रेट १०२.१४ सहित कुल १२ चौका प्रहार गरे ।

दीपेन्द्रले खेलमा दुई विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङ गरेका दीपेन्द्र रन भन्दापनि साझेदारी निर्वाहमा बढी ध्यान दिएका थिए । फिल्डिङ भने दीपेन्द्रको त्यतिनै उत्कृष्ट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.