2 years ago
August 7, 2023
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले टि२० क्रिकेटमा अर्को शतक हानेका छन् । बाबरले लंका प्रिमियर लिगमा कोलोम्बो स्ट्राइकर्सलाई गाले टाइटन्सविरुद्ध ७ विकेटको जित दिलाउन शतक हानेका हुन् ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य कोलोम्बोले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोलोम्बोको जितमा बाबर आजमले ५९ बलमा ८ चौका र ५ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । यो उनको टि२० करिअरको १० औं शतक हो ।
टि२० क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमानमा अब बाबरले वेस्टइन्डिजका क्रिस गेललाई मात्रै पछि पार्न बाँकी छ । गेलले टि२० क्रिकेटमा २२ शतक हानेका छन् । विराट कोहली, आरोन फिन्च, डेविड वार्नर र माइकल किलिंगरले समान ८-८ शतक हानेका छन् ।
ओपनर पाथुम निसांकाले ४० बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए । पहिलो विकेटका लागि पाथुम निसांका र बाबर आजम १२.३ ओभरमा १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गालेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । टिम सिफर्टले ३५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रन बनाए । भानुका राजपक्षे ३०, शेभन ड्यानियलले ४९ र लासिथ क्रुसपुलले ३६ रन बनाए ।
प्रतियोगितामा कोलोम्बो ४ खेलमा २ खेलमा जित र २ खेलमा हारसहित ४ अंकका साथ नेटरनरेटको कारण तेस्रो स्थानमा छ । समान चार खेलमा सहभागी सबै पाँचौं टोलीको समान चार अंक भएपनि नेटरनरेटको कारण डम्बुल्ला अरुरा शीर्ष, गाले दोस्रो, जाफ्ना किंग्स चौथो र बी लभ कान्डी पुछारमा छन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]