2 years ago
August 8, 2023
एजेन्सी – भारतले तेस्रो टि२० आई खेलमा आज घरेलु टोली वेस्टइन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ ः १५ मा गयानामा सुरु हुनेछ । पाँच टि२० आई खेलको सिरिजमा वेस्टइन्डिज २–० ले अघि छ । आजको खेलमा वेस्टइन्डिज विजयी भएका दुई खेल अगावै सिरिज जित्नेछ ।

उता भारत गर वा मरको अवस्थामाछ । भारतले आज हारेको खण्डमा खराब कीर्तिमान बनाउने छ । टि२० आई इतिहासमा भारतले हालसम्म कुनैपनि टोलीसँग लगातार तीन खेल हारेको छैन । भारतलाई त्यो साख जोगाउन निकै चुनौती हुनेछ । भारतले वेस्टइन्डिजसँग २०१७ यता टि२० आई सिरिज पनि हारेको छैन ।
ब्याटिङ भारतको लागि चिन्ताको विषय बनेको छ । सुरुवाती दुई खेलको प्रदर्शन हेर्दा भारतीय टोलीमा आज परिवर्तनको सम्भावना छ । युवा ब्याटर यशस्वी जैसवाललाई भारतले डेब्यू दिने सम्भावना छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट सानदार प्रदर्शन गरेका जैसवाललाई शुभमन गिललाई बेन्चमा राख्ने सम्भावना छ । टोलीमा अन्य भने परिवर्तनको सम्भावना कमछ ।

सूर्यकुमार यादव टोलीका प्रमुख ब्याटर हुन् । उनीबाट भारत उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्नेछ । सन्जु स्यामसनलाई पनि पाएको अवसर सदुपयोग गर्नुपर्ने चुनौती छ । युवा ब्याटर तिलक बर्माले सुरुवाती दुबै खेलमा राम्रो प्रदर्शन गरेका छन् ।
युजभेन्द्र चहल र अर्शदीप सिंह प्रमुख बलर हुन् । कप्तान हार्दिक पान्ड्याको कप्तानीमा पनि प्रश्न उठ्न थालेको छ । दोस्रो खेलमा चहलले एकै ओभरमा दुई विकेट लिएपछि अर्को ओभर नदिँदा आलोचित भएका थिए । अक्षर पटेललाई पनि बलिङमा गर्नुपर्ने सदुपयोग नगरेको आलोचना खेप्नु परेको थियो ।
उता निकोलस पुरन पछिल्लो समय राम्रो लयमा छन् । दोस्रो खेलमा पुरनले ४० बलमा ६७ रन बनाउँदै जितको आधार तय गरेका थिए । पुरनको प्रदर्शन वेस्टइन्डिजका लागि निकै महत्वपूर्ण हुनेछ । वर्तमान समयका स्पिन राम्रो खेल्ने ब्याटरमा पुरनको नाम अग्रस्थानमा छ । पुरनको लय भारतलाई पुन भारी पर्न सक्छ ।

ओपनर ब्रेन्डन किंगको स्थानमा शाई होपलाई मौका दिनसक्छ । किंगको प्रदर्शन राम्रो हुन सकेको छैन । शिम्रन हेटमायर, पुरन र रोभम्यान पावेल प्रमुख ब्याटर हुन् ।
रोमारियो शेफर्ड, अल्जारी जोशेफ र ओबेद म्याककोय प्रमुख तीव्र गतिका बलर हुन् । स्पिन आक्रामण अकिल हुसैनले सम्हाल्नेछन् । चौथो र पाँचौं खेल शनिबार र आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]