2 years ago
August 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी(जिएचसिए) ले सिन्धुपाल्चोक जिल्लाका दुई युवा क्रिकेटरलाई निशुल्क प्रशिक्षण दिने भएको छ । सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्गपाल गाउँपालिका करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई बानेश्वरको शान्तिनगरमा रहेको जिएचसिएले ६ महिना निशुल्क प्रशिक्षण दिने भएको छ ।

तदर्थ जिल्ला क्रिकेट संघको समन्वय र जिल्ला खेलकुद समितिको समन्वयमा स्याङ्बो र थापालाई ६ महिना निशुल्क प्रशिक्षण गराउने सम्झौता गरेको हो । तदर्थ जिल्ला कृकेट संघ अध्यक्ष विजयकुमार धितालले उक्त सम्झौता भएको जानकारी दिएका छन् ।
जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय भइरहेको छ । संघले जिल्लाका प्रतिभावान् खेलाडीहरुलाई देशका बिभिन्न क्लब तथा एकेडेमीहरु तथा भारतमा समेत प्रशिक्षणका लागी पठाउन सहयोग गर्नेछ, संघका उपाध्यक्ष राजन धितालले भने ।
कार्यक्रममा जिल्ला खेलकुद समिति कोअध्यक्ष सुरेश रानाले क्रिकेट संघले खेलाडी उत्पादन को लागि धेरै राम्रो शुरुवात गरेको र आउने दिनमा पनि खेलकुद विकास समितिले सहयोग र समन्वय गर्ने बताए ।

जिएचसिएका सञ्चालक सुदीप शर्माले नयाँ जिल्लाकोरुपमा सिन्धुपाल्चोकले काम गरेको हुँदा निशुल्क प्रशिक्षण दिएको बताए । ‘सिन्धुपाल्चोकले नयाँ जिल्लाको रुपमा लगातार क्रिकेट गराएको छ । हामीले सिन्धुपाल्चोकलाई सुरुवात देखीनै सुरुवात गरेका थियौं । आउने दिनमा पनि हाम्रो साथ सधैं रहनेछ’, सञ्चालक शर्माले भने ।
केहि महिना अघि युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो खर्चमा भारतमा क्रिकेट अभ्यास गराउन पठाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]