2 years ago
August 8, 2023
एजेन्सी – भारतीय युवा बायाँ हाते ब्याटर यशस्वी जैसवालले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध भारतीय टि२० आई खेलमा डेब्यू गरेका छन् । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारतले टोलीमा दुई परिवर्तन गर्दा जैसवाललाई डेब्यू दिएको छ । ईशान किशनलाई बेन्चमा राख्दै जैसवालले मौका पाएका छन् । गिल र जैसवालले ओपनिङ गर्ने छन् । सुरुवाती दुई खेलमा खराब प्रदर्शनका साथ भारतले किशनलाई बाहिर राख्दै जैसवाललाई डेब्यू दिएको हो ।
त्यस्तै रवि विश्रोईको स्थानमा कुलदीप यादव टोलीमा फर्किएका छन् । पछिल्लो खेलमा घाइते भएका जेसन होल्डरको स्थानमा रोश्टन चेश आएका छन् । भारतले दुई र वेस्टइन्डिजले टोलीमा एक परिवर्तन गरेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज २-० ले अघि छ ।
जैसवालले वेस्टइन्डिजविरुद्ध पहिलो टेस्ट खेलमा डेब्यू गर्दै १ सय ७१ रनको सानदार शतकीय इनिङ खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट सानदार प्रदर्शन गरेका जैसवाल पहिलो पटक भारतीय टोलीमा परेका थिए ।
जैसवालले यस सिजनको आइपिएलमा १४ खेलमा १ शतक र ५ अर्धशतकसहित ६ सय २५ रन बनाएका थिए । २१ वर्षीय ओपनर जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध ४७ बलमा १२ चौका र ५ छक्कासहित ९८ रनको इनिङ खेलेका थिए ।
जसक्रममा उनले १३ बलमै अर्धशतक हानेका थिए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो बलमा अर्धशतक थियो । जैसवालले घरेलु क्रिकेटमा पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले २०२० को भारतीय यू१९ विश्वकप टोलीबाट उत्कृष्ट प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]