2 years ago
August 8, 2023
राकेश तिमल्सिना, चितवन
चितवन जिल्ला क्रिकेट संघको मंगलबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित भएका छन् ।

१ जना संस्थापनइतर पक्षबाट विजयी भएका छन् । संस्थापनइतर पक्षबाट राजु खड्कामात्रै कार्यसमिति सदस्य निर्वाचित हुँदा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुमा संस्थापन पक्षले जित हासिल गरेको हो ।
संस्थापन पक्षबाट सुदीप पियाको प्यानल र संस्थापनइतर पक्षबाट मनीष सापकोटाको प्यानलबिच भएको रोमान्चक प्रतिस्पर्धामा भएको थियो । जसमा पिया अध्यक्षमा निर्वाचित भए । सापकोटाले २२ र पियाले २५ मत प्राप्त गरे । पिया अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।
उपाध्यक्षमा उमेश पिया विजयी भए । उनले इशानसिंह बानियाँलाई पराजित गरे । पियाले २४ र बानियाँले २३ मत प्राप्त गरे । पिया निवर्तमान कार्यसमितिमा सचिव थिए । सचिव पदका लागि संस्थापन पक्षबाट सुरज ज्ञवाली विजयी भए । ज्ञवालीले २४ र इतरपक्षबाट अनिल अधिकारीले २३ मत प्राप्त गरे । पराजित अधिकारी बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष हुन् । ज्ञवाली यसअघि जिल्ला संघको सदस्य थिए ।
कोषाध्यक्षमा संस्थापन समुहबाट अर्जुन केसी विजयी भए । केसीले २४ र वचन कार्कीले २३ मत प्राप्त गरे । कार्यसमिति सदस्यका लागि १ महिलासहित ११ जनाका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट १० जना निर्वाचित भए ।
महिला सदस्यमा संस्थापन पक्षबाट आर्या अर्याल निर्वाचित भइन् । सदस्यहरुमा अरुण घले, प्रशान्तकुमार पिया, उत्सव श्रेष्ठ, जीवन गुप्ता, ध्रुव शर्मा, प्रितम पिया, विजय बोहोरा, भरतकाजी कुँवर, मेघनाथ उपाध्याय र राजु खड्का निर्वाचित भए ।
नेपाल क्रिकेट संघ (क्यान) को महाधिवेशन नजिकिदै गर्दा जिल्लाहरुको अधिवेशन भएको हो । प्रदेश हुँदै केन्द्रको निर्वाचत असोजका लागि तय छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]