2 years ago
August 8, 2023
एजेन्सी – कप्तान वानिन्दु हसरंगाको सानदार अलराउन्ड प्रदर्शनमा बी लभ कान्डीले लंका प्रिमियर लिगमा गाले टाइटन्सलाई ८९ रनको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै कान्डी ५ खेलमा ३ मा जितसहित शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको टाइटन्स १६.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो । टाइटन्सका लागि लाहिरु समराकुनले २५ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ३६ रन बनाए । एशान प्रियन्जनले २५ र लासिथ क्रुसपुलले २७ रन बनाए । अन्य कुनैपनि ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
वानिन्दु हसरंगाले ३.४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । नुवान प्रदीपले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २६ रन खर्चे २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कान्डीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । हसरंगाले २७ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । हसरंगाले १८ बलमै अर्धशतक पूरा गरेका थिए ।
फखार जमान ३५ बलमा ३ चौका र २ छक्कासहित ४५, दीनेश चान्डिमल २५ र मोहम्मद हरिस १७ रनमा आउट भए । एन्जिलो म्याथ्युज २३ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । टाइटन्सका लाहिरु समाराक्रुनले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]