default_image

2 years ago

August 9, 2023

आचार्य बागलुङ क्रिकेट संघको अध्यक्षमा चयन

1097 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ
बागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । बागलुङ जिल्ला क्रिकेट संघको मंगलबार भएको पहिलो साधारणसभा तथा अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डिल बहादुर केसी, दिपेन्द्र खड्का, अर्जुन कार्की, अभिषेक कट्वाल क्षेत्री, गणेश महतो प्रदिप खत्री र खिम बहादुर थापा चयन भएका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले विधान सम्मत समिति गठन गरिनुपर्ने बताए । उनले क्रिकेट संघको विधान आइसिसीबाट नै पारित भएको हुँदा अरु संघको जस्तो जो पनि सदस्य हुन नसक्ने र क्रिकेट संघको सदस्यको लागि निश्चित मापदण्ड पुरा गर्नुपर्ने भएकाले काम गर्नेहरु मात्र संघमा आवद्ध हुन सक्ने बताए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल र एजिल स्पोर्टस् एकेडेमीका संचालक तथा जिल्ला क्रिकेट संघ बागलुङका सदस्य खिम छन्त्यालले शुभकामना दिए । बागलुङ जिल्ला क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला क्रिकेट संघको बारेमा उपाध्यक्ष कमल पन्तले प्रकाश पारे ।

बागलुङमा २०७४ सालमा जिल्ला क्रिकेट विकास समिति गठन गरिएको थियो । उक्त समितिलाई तदर्थ समितिको रुपमा नेपाल क्रिकेट संघ (क्यान)ले २०७९ माघमा सदस्यताको मान्यता प्रदान गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.