2 years ago
August 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तीन नयाँ अनुहार समेट्दै यसै महिना अन्तिममा मलेसियामा हुने आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपालले तीन युवा खेलाडी पुजा महतो, रुवी पोदार र खुशी डंगोललाई पहिलो पटक नेपाली महिला टोलीमा समेटेको छ ।

भारतको दिल्लीमा क्रिकेट सिकेर नेपाल आएकी पुजा ब्याटिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछिन् । रुवी युवा विकेटकिपर ब्याटर हुन् ।
खुशी डंगोल लेग स्पिनर हुन् । पुजाले नेपालमा घरेलु क्रिकेट खेलेकी छैनिन् । तर प्रशिक्षणमा राम्रो प्रभाव छाडेपछि सिनियर टोलीमा परेकी हुन् । रुविले सुदुरपश्चिम र खुशीले बागमतीबाट घरेलु क्रिकेट खेल्नेछिन् ।
नेपालले टोलीमा अन्य खासै परिवर्तन गरेको छैन । आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् ।
समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।
नेपालको टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]