2 years ago
August 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गर्ने बताएका छन् । ग्लोबल टि२० क्यानडामा सानदार प्रदर्शन गरेर स्वदेश फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

नेपालले एसिया कपमा अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । नेपाली क्रिकेट इतिहासमा सबै भन्दामाथिल्लो स्तरको टोलीसँग खेल्नेछ । नेपालको प्रदर्शन कस्तो रहँदा धेरैको लागि कौतहलता छ । सन्दीपले एकदमै राम्रो गर्ने बताउँछन् ।
‘भारत र पाकिस्तानविरुद्ध खेल्दा हामीले एकदमै राम्रो गछौं । इमर्जिङ कपमा हामीले सोचे जस्तो खेल्न सकेनौं । राम्रो फिनिसिङ (अन्त्य) दिएका थियौं । पहिला देखीनै राम्रो फिनिसिङ पाई राखेका थियौं । शीर्षक्रमका ब्याटरले पनि जिम्मेवारी लिएर राम्रो गर्न सके पक्कैपनि हामी यो प्रतियोगिता राम्रो गर्न सक्छौं’, सन्दीपले भने ।
ग्लोबल टि२० क्यानडाको कारण सन्दीप इमर्जिङ कप भने खेलेका थिएनन् । सन्दीपले भारत र पाकिस्तानसँग खेल्दा दबाब नभएर ठूलो अवसर भएको बताउँछन् ।
‘यो दबाब भन्दा पनि राम्रो अवसर हो । म सबैजनालाई दबाब भन्दा पनि एउटा राम्रो अवसरको रुपमा लिन सुझाव दिन्छु । हामी सधैं भारत र पाकिस्तानसँग खेल्न पाउँदैनौं । हामीले विश्वकप छनोटमा जसरी एक खेलमा (जिम्बावे) विरुद्ध एकदमै राम्रो खेल्न पुगेका थियौं । एसिया कपमा पनि एउटा अर्को खेलको रुपमा लिएर हामीले सकेसम्म प्रयास गर्ने हो’, सन्दीपले भने ।

सन्दीपले एकदिनमा धेरै कुराहरु परिवर्तन गर्न नसक्ने बताए । ‘पक्कैपनि हामीले एकदिनमा धेरै कुरा परिवर्तन गर्न सक्दैनौं । राम्रो कुराहरुलाई लिएर हामी दैनिक प्रयास गयौं भने एक दिन नभएपनि एक वर्षमा हुनसक्छ’, उनले भने ।
सन्दीपले इन्डियन प्रिमियर लिग देखी बिग ब्यास लिगसम्म खेलेका छन् । सन्दीपसँग बाबर आजम, विराट कोहली जस्ता विश्वस्तरिय ब्याटरविरुद्ध खेलेको अनुभव छ । तर अन्य नेपाली खेलाडीमा त्यो अनुभव छैन । सन्दीप अन्य खेलाडीहरुले आफूलाई विश्वास गर्नुपर्ने बताउँछन् ।
‘मात्रै आत्माविश्वास हो । आफूसँग जे छ । हो वहाँहरु आफ्नो देशको शीर्ष खेलाडी हुनुन्छ । हामीपनि देशबाट राम्रो खेल्दै गएका छौं । आफ्नो क्षमता वहाँहरुको अगाडि लुकाएर राख्न भन्दा पनि देखाएर प्रस्तुत हुने हो । कुनैपनि यस्तो खेलमा कमजोर टोलीमाथि दबाब हुँदैन । हामीसँग धेरै अवसर छ आफ्नो कला देखाउने हो’, उनले भने ।
त्यसैमा थपे, ‘भोली फरक विदेशी लिगहरुको लागि पनि बाटो खुल्छ । हामीले वहाँबाट कसरी राम्रो टोलीहरुसँग खेल्न पाउने एउटा बाटो बन्छ । त्यसको लागि सामान्य छ । आत्माविश्वास गर्नुपर्छ र राम्रो क्रिकेट खेल्नुपर्छ’, उनले भने ।
सन्दीपको पूरा भिडियो :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]