2 years ago
August 13, 2023
एजेन्सी– ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले चौथो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ ।

जितको लागि १ सय ७९ रनको मध्यम विजयी लक्ष्य भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवाल ५१ बलमा ११ चौका र ३ छक्कासहित ८४ रनमा नटआउट रहे ।
अर्का ओपनर शुभमन गिल ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रनमा आउट भए । पहिलो विकेटका लागि गिल र जैसवालले १५.३ ओभरमा १ सय ६५ रनको साझेदारी हो ।
भारतीय टि२० आईमा ओपनरले गरेको यो संयुक्त रुपमा उच्च साझेदारी हो । २०१७ मा रोहित शर्मा र लोकेश राहुलले श्रीलंकाविरुद्ध पहिलो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए ।
भारतबाट टि२० आईमा उच्च साझेदारी २०२२ मा आयरल्यान्डविरुद्ध सन्जु स्यामसन र दीपक हुडाले दोस्रो विकेटका लागि १ सय ७६ रनको साझेदारी गरेका थिए । तिलक बर्मा ५ बलमा १ चौकासहित ७ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेकोे वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो । वेस्टइन्डिजका बायाँ हाते ब्याटर शिम्रन हेटमायरले ३९ बलमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिए ।
यस सिरिजमा पहिलो खेलमा मौका पाएका शाई होपले २९ बलमा २ छक्का र ३ चौका सहित ४५ रनमा आउट भए । होप र हेटमायर बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
वेस्टइन्डिजलाई ओपनर कायल मेयर्सले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । मेयर्स दोस्रो ओभरमै अर्शदीपसिंहको बलमा उपरकट खेल्ने धुनमा विकेटकिपर सन्जु स्यामसनबाट आउट भएका थिए ।
अर्को ओपनर बे्रन्डन किंग १६ बलमा २ छक्का सहित १८ रनमा क्याच आउट भए । उनि पनि अर्शदीप सिंहकै बलमा कुलदीप यादकको हात बाट समातिन पुगे । उच्च लयमा रहेका निकलस पुरन स्पिनर कुलदीप यादबको बलमा ठूलो सट खेल्ने धुनमा सुर्यकुमार यादवबाट क्याच आउट भएपछि वेस्टइन्डिज समस्यामा परेका थिए ।
कप्तान रोभम्यान पावेल १, रोमारियो शेफर्ड ६, ओडियन स्मिथ १५ र अकिल हुसैनले ५ रन बनाए । भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
स्पिनर कुलदीप यादबले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले एक एक विकेट लिए । पाँचौं तथा निर्णायक खेल आज राती हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]