2 years ago
August 13, 2023
एजेन्सी – भारतीय युवा ब्याटर पृथ्वी शाले इंग्ल्यान्डको लिष्ट ए मान्यता प्राप्त घरेलु क्रिकेट प्रतियोगिता एकदिवसीय कपमा नर्थह्याम्प्टनशायरबाट धुरहमविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

शाको सानदार शतकमा नर्थह्याम्प्टनशायरले ६ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ९९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नर्थह्याम्प्टनशायरले २५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
पृथ्वी शाले ७६ बलमा १५ चौका र ७ छक्कासहित १ सय २५ रनको सानदार अविजित शतकीय इनिङ खेले । शाले चार दिन अघि मात्रै सोमर्सेटविरुद्ध पृथ्वी शाले १ सय ५३ बलमा २८ चौका र ११ छक्कासहित २ सय ४४ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए । थियो त्यो शाको लिष्ट ए करिअरको उत्कृष्ट प्रदर्शन थियो ।
यसअघि शाले २०२१ मा विजय हजारे ट्रफीमा मुम्बईबाट १ सय ५२ बलमा ३१ चौका र ५ छक्कासहित २ सय २७ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए । त्यो नै उनको लिष्ट ए करिअरको उच्च प्रदर्शन थियो ।
शा २०२१ श्रीलंका भ्रमणपछि भारतीय टोलीमा छैनन् । यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिलए) मा दिल्ली क्यापिटल्सबाट सुरुवातमा राम्रो गर्न नसकेपछि बेन्चमा बस्नु परेको थियो ।
शाले भारतबाट ५ टेस्ट, ६ ओडिआई र १ टि२० आई खेल खेलेका छन् । भारतीय क्रिकेटमा मौका नपाउन नसकेपछि शा आफूलाई ब्यस्त राख्न इंग्ल्यान्डमा काउन्टी खेल्न गएका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]