2 years ago
August 13, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको अर्धशतकमा भारतले पाँचौं तथा निर्णायक टि२० आई खेलमा वेस्टइन्डिजलाई सिरिज उपाधि जित्न १ सय ६६ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।

भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वााधिक ६१ रन बनाए । युवा ब्याटर तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतको सुरुवात राम्रो हुन सकेको थिएन । स्पिनर अकिल हुसैनले पहिलो ओभरको पाँचौं बलमा युवा ओपनर यशस्वी जैसवाललाई ५ रनमा कट एण्ड बोल्ड आउट गरे । चौथो खेलमा भारतलाई जिताउन जैसवालले ८४ रनको अविजित इनिङ खेलेका थिए ।
हुसैनकै तेस्रो ओभरको पाँचौं बलमा शुभमन गिल ९ रनमा एलबीडब्लू आउट भए । तेस्रो विकेटका लागि तिलक बर्मा र सूर्यले ३० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर रोश्टन चेशले बर्माको उत्कृष्ट क्याच लिँदै भारतलाई दबाबमा राखेका थिए । सञ्जु स्यामसन १३, हार्दिक पान्ड्या १४, अर्शदीप सिंह ८, अक्षर पटेल १३ र कुलदीप यादव शून्यमा आउट भए ।
वेस्टइन्डिजका तीव्र गतिका बलर रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । उनको यो टि२० आई करिअरको उच्च प्रदर्शन हो । स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । चेशले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । पाँच खेलको सिरिज २-२ को बराबरीमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]