default_image

2 years ago

August 14, 2023

नरेशले नेपालविरुद्ध डेब्यू गर्ने सम्भावना!

21086 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नरेश बुढाएर एक समय नेपाली क्रिकेटमा ठूलो आशा बोकेका युवा खेलाडी थिए । सधैं कमजोर रहने नेपाली ब्याटिङमा उनलाई पनि त्यसको समाधानको रुपमा हेरिएको थियो । सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक टि२० विश्वकप खेल्दा उनी हङकङ, बंगलादेश र अफगानिस्तान गरी तीनै टोलीविरुद्ध खेल्ने अवसर पाएका थिए ।

Naresh Army

२००९ मा युएईमा सम्पन्न एसिसी टि२० कपमा नरेशले बहराइनविरुद्ध नेपालको लागि डेब्यू गरे । २०१० मा नेपालका एक सर्वाधिक सफल प्रशिक्षक रोय डायसले विदा लिने निर्णय लिए । त्यसपछि केहि समय नरेश नेपाली टोलीमा परेनन् । नरेशले २००९ देखी २०१६ सम्म नेपाली टोलीबाट खेले ।

१६ वर्षकै कलिलो उमेरमा नेपाली टोलीको जर्सीमा खेल्ने अवसर पाएका उनी २०१६ अप्रिलमा टियु क्रिकेट मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध नेपालका लागि अन्तिम खेल खेले । नामिबियाका अलराउन्डर जे जे स्मितको बलमा ६ रनमा एलबीडब्लु आउट भएका नरेश त्यसपछि नेपाली जर्सीमा फर्किएनन् ।

अव फर्किने कुनै सम्भावना पनि छैन । २०१८ सम्म उनले नेपालमा घरेलु क्रिकेट खेलेका थिए । त्यसपछि भने उनले नेपालमा आफ्नो भविष्य राम्रो देखेनन् । अनि क्यानडा लागे । नरेश नेपालका पुर्व प्रशिक्षक पुबुदु दासानायिका सुरुवात देखीनै मिल्ने र प्रीय खेलाडी थिए । पुबुदुकै एकेडेमीमा काम गर्न उनी क्यानडा लागेका थिए । अहिले नरेश क्यानडामा घरेलु क्रिकेट खेल्न ब्यस्त छन् ।

अव नरेशले क्यानडाबाट नेपालविरुद्ध नै डेब्यू गर्ने सम्भावना छ । नरेश गतवर्ष क्यानडा राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत परेका थिए । उनले त्यहाँको डिभिजन फोरको लिगमा ६५ बलमा २३ चौका र १६ छक्कासहित २ सय १० रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेलेका थिए ।

३१ वर्षीय उनले क्यानडाको घरेलु क्रिकेटमा राम्रो प्रभाव छाड्दै आएका छन् । गतवर्ष जुनमा पुबुदुले नेपाली क्रिकेटबाट राजीनामा दिँदै क्यानडा लागेका थिए । पुबुदु क्यानडा मुख्य प्रशिक्षक बनेपछि नरेशलाई गतवर्ष सेप्टेम्बरमा बन्द प्रशिक्षणमा बोलाइएको थियो । तर क्यानडाको अन्तिम टोलीमा स्थान बनाउन भने सकेका थिएनन् ।

नेपालविरुद्ध नै ओडिआईमा डेब्यू गर्ने उच्च सम्भावना

नरेशले नेपालविरुद्ध टियु क्रिकेट मैदानमा क्यानडाबाट ओडिआईमा डेब्यू गर्ने उच्च सम्भावना छ । गत अप्रिलमा नामिबियामा भएको आइसिसी क्वालिफायर प्लेअफबाट क्यानडाले ओडिआई मान्यता फिर्ता गरेको थियो । ओडिआई मान्यता पाएसँगै नेपाल र क्यानडाले एकअर्काबीच होम अवे सिरिज खेल्ने सम्भावना उच्च छ ।

पुबुदु नेपाली क्रिकेटमा दुई पटक मुख्य प्रशिक्षक बनिसकेका छन् । क्यान पदाधिकारी, कर्माचारी र खेलाडीसँग पुबुदुको राम्रो सम्बन्ध हुँदा सिरिजको लागि पहल गर्ने उच्च सम्भावना छ । अर्कोतर्फ ओडिआई मान्यतासँगै अव क्यानडाले आइसिसी विश्वकप लिग २ खेल्नेछ । यसपटक देखि विश्वकप लिग-२ मा ८ टोली ( नेपाल, स्कटल्यान्ड, ओमान, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, युएई र क्यानडा) हुनेछन् । लिग २ कुन ढाँचामा खेलाउने आइसिसीले खुलाएको छैन । तर हरेक टोलीले होम अवे सिरिज खेल्ने पक्का छ ।

दुई देशबीचको सिरिज वा लिग २ मध्य एकमा क्यानडा नेपालमा ओडिआई खेल्न आउने पक्का देखिन्छ । नेपाल पनि क्यानडा जाने सम्भावना देखिन्छ । क्यानडा नेपाल आउँदा नरेश पहिलो रोजाईमा पर्नसक्छन् । नरेशलाई नेपाली खेलाडी, टियु मैदान र नेपालको वातावरण सम्बन्धी राम्रोसँग जानकारी छ । त्यसैको कारण पनि क्यानडाले नरेशलाई टोलीमा समेट्ने मजबुत सम्भावना देखिन्छ ।

अर्कोतर्फ मुख्य प्रशिक्षक पुबुदु नरेशका प्रीय व्यक्ति हुन् । उनकै एकेडेमीमा काम गर्दै र खेल्दै आएका छन् । त्यसैले गर्दा पनि नरेशलाई पुबुदुले मौका दिने सम्भावना देखिन्छ । लिग-२ मा लगातार खेल खेल्ने हुदा दक्षिण एसियाको कन्डिसनमा रणनीतिक हिसाबमा नरेश पहिलो रोजाईमा पर्न सक्छन् ।

नेपालविरुद्ध कप्तानी

नेपाली टोली गतवर्ष आइसिसी विश्वकप लिग-२ मा स्कटल्यान्ड भ्रमण गर्नुअघि क्यानडामा गएर तयारी गरेको थियो । क्यानडाको टोलीसँगै त्यहाँको स्थानीय टोलीविरुद्ध पनि अभ्यास खेल खेलेको थियो ।

जुलाईमा नरेशले मेपल लीफ क्रिकेट क्लब-११ बाट नेपालविरुद्ध कप्तानी गरेका थिए । पहिलो खेलमा नरेशले ४८ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाएका थिए । दोस्रो खेलमा ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रन बनाएका थिए । दुबै खेलमा नरेशले कप्तानी गरेको टोली नेपालसँग हार्न पुगेको थियो ।

नेपाल र अन्य देशबाट खेल्ने पहिलो खेलाडी

यदि नरेशले क्यानडा टोलीबाट खेले भने उनी नेपाली क्रिकेट टोली र अन्य देशबाट खेल्ने पहिलो खेलाडी बन्नेछन् । हालसम्म कुनैपनि नेपाली टोलीबाट खेलेका खेलाडीले अन्य देशको सिनियर टोलीबाट खेलेका छैनन् । आइसिसीको नियम अनुसार एक टोलीबाट खेल्न छाडेको तीन वर्षपछि मात्रै अर्को देशबाट खेल्न पाइन्छ । नरेशले त्यो तीन वर्ष गतवर्ष नै प्राप्त गरि सकेका छन् ।

अब कहिले खेल्छ क्यानडा ?

२०२४ को टि२० विश्वकपको लागि अमेरिका क्षेत्रीय विश्वकप छनोट आगमी सेप्टेम्बर ३० देखी ७ सम्म बर्मुडामा हुँदैछ । उक्त प्रतियोगितामा क्यानडा, बर्मुडा, केयम्यान आइसल्यान्ड र पानामा छन् । जसको विजेता टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिमा हुने विश्वकपमा स्थान बनाउनेछ । क्यानडाले हाल खेल्ने तालिका यहि छ ।

लिग-२ को तालिका भने विश्वकप पछि मात्रै सार्वजनिक हुने सम्भावना छ । यस विषयमा हाम्रो खेलकुदले नरेशसँग कुरा गर्न खोजेपनि अहिले आफू केहि नबोल्ने र क्यानडाको टोलीमा परेपछि मात्रै बोल्ने बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.