2 years ago
August 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पूर्वअलराउन्डर मनिष राज पाण्डे भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । पाण्डेले अध्यक्षका अर्का प्रत्यासी रुपक रञ्जितलाई २ भोटले हराउँदै निर्वाचित भएका हुन् । पाण्डेले १४ भोट ल्याउँदा रञ्जितले १२ भोट प्राप्त गरे ।

पाण्डे नेपालका पूर्व खेलाडीसँगै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को अध्यक्ष समेत हुन् । सिप्यान खेलाडीहरुको हकहीत र कल्यायकारी कार्य गर्दै आएको छ ।
त्यस्तै उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर शाक्य विजयी भएका छन् । शाक्यले १४ र कुन्दनराज सुवेदीले १२ भोट प्राप्त गरे ।
सचिवमा सन्जय बस्नेत विजयी भए । सन्जयले चिठ्ठा मार्फत जितेका थिए । सन्जय र किशोर चौगुठीको समान १३ भोट भएपछि चिठ्ठा थुत्नु परेको थियो ।
कोषाध्यक्षमा कवि खागी विजयी भए । कविले १४ र सागर पलिखेलले १२ भोट प्राप्त गरे । त्यस्तै सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, राम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेश कुमार ठाकुर, निरा राजोपाध्याय, अभय राणा र नगेन्द्र भट्टराई चुनिए ।

नेपाल क्रिकेट संघ(क्यान) को जिल्ला प्रदेश हुँदै केन्द्रको निर्वाचन हुनेछ । बागमती प्रदेशमा पूर्वकप्तान पारस खड्का अध्यक्षमा उठ्नेछन् । यसै साता सम्पन्न चितवन जिल्लामा सुदीप पिया, मकवानपुरमा करन महत्रा क्षेत्री, ललितपुरमा शेखर श्रेष्ठ, नुवाकोटमा दुर्गाराज पठक अध्यक्षमा निर्वाचित भएका थिए । काठमाडौंको भने चुनाव हुन बाँकी छ ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]