2 years ago
August 15, 2023
काठमाडौं(हाम्रो खेलकुद) – दिवाकर घले काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्ष र पूर्व कप्तान पारस खड्का सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले घलेलाई अध्यक्ष र पारसलाई सदस्यमा निर्वाचित गरेको हो ।

योसँगै पारसलाई बागमती प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको छ । पारसले बागमती प्रदेशको अध्यक्षमा लड्नेछन् । पारस १५ सदस्य टोलीमा पनि समेटिएका छन् । पारसले पहिलो पटक जिल्लाबाट सदस्यता लिएका हुन् ।
उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण जंग वहादुर राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन् । पूर्वअध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य अजयविर पाण्डे उपाध्यक्ष पदमा चुनिए ।
सदस्यहरुमा पूर्वकप्तान पारस खड्कासँगै पूर्व महिला क्रिकेटर अमृता पौडेल, मनिष कुमार उपाध्याय ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् । वार्षिक साधरण सभाले १५ सदस्य टोली सर्वसम्मत रुपमा चयन गरेको हो ।

योसँगै बागमतीका सबै ६ जिल्लाको निर्वाचन सम्पन्न भएकोछ । चितवनबाट सुदीप पिया, मकवानपुरबाट करण महत्रा क्षेत्री, भक्तपुरबाट मनिष राज पाण्डे, ललितपुरबाट शेखर श्रेष्ठ र नुवाकोटबाट दुर्गाराज पाठक अध्यक्षमा निर्वाचित भएका छन् ।
हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेश चुनावमा भोट हाल्न पाउनेछन् । त्यस्तै वर्तमान बागमती प्रदेशका १३ सदस्य टोलीले पनि भोट हाल्न पाउनेछन् । बागमती प्रदेशको चुनावमा कुल ३७ भोट हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]