2 years ago
August 15, 2023
एजेन्सी – इंग्ल्यान्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले आगमी अक्टोबर नोभेम्बमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने भएका छन् । गतवर्ष जुलाईमा ओडिआई क्रिकेटबाट अप्रत्याशित रुपमा सन्न्यास लिएका बेन स्टोक्सले टोलीको आग्रहमा विश्वकपमा फर्किने भएका छन् ।

कप्तान जस बटलर र मुख्य प्रशिक्षक म्याथ्यु मटको स्टोक्सलाई विश्वकप खेल्न आग्रह गरेका थिए । इंग्ल्यान्ड क्रिकेट बोर्डले स्टोक्सले ओडिआई टोलीमा फर्किने आधिकारीक रुपमा जनाएको छैन । तर इंग्ल्यान्डको चर्चित मिडिया स्काइ स्पोर्ट्स लगायत अन्य सञ्चार माध्यमले स्टोक्स विश्वकपको लागि उपलब्ध हुने जनाएका छन् । स्टोक्स इंग्ल्यान्डको ब्याटरको रुपमा खेल्नेछन् । उनले बलिङ भने गर्ने छैनन् ।
इंग्ल्यान्डलाई २०१९ को एकदिवसीय विश्वकप उपाधि जिताउन स्टोक्स हिरो बनेका थिए । उनले फाइनलमा न्युजिल्यान्डविरुद्ध ८४ रन बनाउनुको साथै सुपर ओभरमा पनि सानदार प्रदर्शन गरेका थिए ।
स्टोक्सको सानदार प्रदर्शनको साथ पहिलो पटक इंग्ल्यान्डले एकदिवसीय विश्वकप उपाधि जितेको थियो । उक्त उपाधिलाई निरन्तरता दिन पनि इंग्ल्यान्डले स्टोक्सलाई टोलीमा फर्काउने निर्णय लिएको हो ।
स्टोक्स इंग्ल्यान्डका बिग म्याच प्लेयर हुन् । २०२२ को टि२० विश्वकपको फाइनलमा पाकिस्तानलाई हराउन स्टोक्सले ५२ रनको अविजित इनिङ खेलेका थिए । इंग्ल्यान्डको टेस्ट टोलीको कप्तानी गर्दै विश्वमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन् ।

स्टोक्सको कप्तानीमा टेस्टलाई पनि इंग्ल्यान्डले आक्रामक शैलीमा खेल्दै विश्वमै सनसनी मच्चाउँदै आएको छ । स्टोक्सले प्रदर्शन पनि त्यतिनै सानदार छ । द एसेजमा सानदार प्रदर्शन पछि इंग्ल्यान्डले उनलाई विश्वकपमा ल्याउने निर्णय लिएको हो ।
टेस्ट क्रिकेटको कप्तानीमा ध्यान दिने र युवा खेलाडीलाई मौका दिने भन्दै गत वर्ष जुलाई १८ मा स्टोक्सले ३१ वर्षकै उमेरमा ओडिआईबाट अविश्वसनीय रुपमा सन्न्यास लिएका थिए ।
न्युजिल्यान्डमा जन्मिएर इंग्ल्यान्डबाट क्रिकेट खेलेका स्टोक्सले १ सय ४ ओडिआई खेलमा ३ शतक र २१ अर्धशतकसहित २ हजार ९ सय १९ रन बनाएका छन् । स्टोक्सले २०११ मा आयरल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।
बायाँ हाते विष्फोटक ब्याटर स्टोक्सको आगमनले इंग्ल्यान्डको मध्यक्रम निकै मजबुत बन्नेछ । इंग्ल्यान्डले जोफ्रा आर्चर पनि विश्वकपमा फिट हुने आशा राखेको छ । इंग्ल्यान्ड उपाधि जित्ने टिम निर्माणमा लागेको छ ।

जोनी बेयरस्टो, जो रुट, जस बटलर र बेन स्टोक्स जस्ता अनुभवी ब्याटर टोलीमा हुँदा त्यो सम्भावना देखिन्छ । जोफ्रा आर्चर, मार्क वुड र क्रिस वोक्स जस्ता तीव्र गतिका बलर हुनेछन् । ह्यारी ब्रुक र साम करन जस्ता युवा खेलाडीले झनै मजबुत छ ।
स्टोक्सले २०२४ को आइपिएल भने खेल्ने सम्भावना कमछ । २०२३ को अक्सनमा चेन्नई सुपर किंग्सले स्टोक्सलाई १६ करोड २५ लाख भारुमा किनेको थियो । इंग्ल्यान्डले आगमी सेप्टेम्बर ८ देखी १६ सम्म घरेलु मैदानमा न्युजिल्यान्डसँग चार ओडिआई खेलको सिरिज खेल्नेछ ।
उक्त टोली इंग्ल्यान्डले बुधबार घोषणा गर्ने सम्भावना छ । त्यसपछि इंग्ल्यान्डले आयरल्यान्डसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ ।
विश्वकप आगमी अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म भारतमा हुनेछ । इंग्ल्यान्डले पहिलो खेल अक्टोबर ५ मा न्युजिल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्डलाई विश्वकप उपाधि दाबेदारको टोलीको रुपमा हेरिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]