default_image

2 years ago

August 16, 2023

पारस क्यानमा आउने बाटो खुल्यो

4377 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली किकेटका सर्वाधिक सफल खेलाडी तथा कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) मा आउने बाटो खुलेको छ । काठमाडौं जिल्ला क्रिकेट संघबाट सर्वसम्मत रुपमा सदस्यमा निर्वाचित भएसँगै पारस केन्द्रमा आउने बाटो खुलेको हो ।

क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ । काठमाडौंको सदस्य बनेपछि त्यो बाटो खुलेको हो । अव पारस प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउनेछन् ।

पारस अव बागमती प्रदेशको अध्यक्षमा लड्नेछन् । उक्त घोषणा पारसले केहि दिनमै पत्रकार सम्मेलन गर्दै घोषणा गर्नेछन् । बागमती प्रदेशमा कुल ३७ मतमार हुनेछ । बागमतीमा क्यानको सदस्यता मान्यता ६ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट छन् ) । यी ६ जिल्लाको चुनाव सम्पन्न भएको छ ।

हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन् । बागमती प्रदेशको वर्तमान १३ सदस्य कार्यसमितिसँग पनि मतअधिकार हुनेछ । जिल्लाबाट आउने कुल २४ र वर्तमान प्रदेश कार्य समितिको १३ गरि कुल ३७ भोट हुनेछ । पारसले अध्यक्ष जित्न १९ भोट आवश्यक पर्दछ ।

६ जिल्लाको चुनाव सम्पन्न भएसँगै उनको सम्भावना पनि बढेको छ । पारससँग बागमती प्रदेशको अध्यक्षमा चितवनका उमेश पिया भिड्ने चर्चा छ । पारस क्यानको केन्द्रमा बागमतीको नतिजा पछि ध्यान दिने बताउँदै आएका छन् ।

पछिल्लो एक महिनादेखी चुनावी तयारीमा लागेका पारस अव चाहेको खण्डमा केन्द्रमा पनि लड्न सक्छन् । पारस अव काठमाडौंबाट प्रतिनिधित्व गर्दै बागमती र केन्द्रमा लड्नेछन् । केन्द्रमा भने कुल ८८ मतभार हुने गर्दछ ।

पारसले क्यान नेतृत्वमा आउनको लागि नै दुई वर्षअघि नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । कुनैपनि राष्ट्रिय खेलाडीले क्यान नेतृत्वमा आउन सन्न्यास लिएको दुई वर्ष पुगेको हुनुपर्छ । पर्सा बाहेक अन्य ४४ जिल्लाको निर्वाचन सकिएको छ । अव प्रदेशको चुनाव हुनेछ । त्यसपछि असोज पहिलो साता क्यानको निर्वाचन हुनेछ ।

क्यानको चुनावमा को कस्ले भोट हाल्न पाउँछ पुरा जानकारी :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.