default_image

2 years ago

August 16, 2023

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

3843 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी अगष्ट ३० देखी सुरु हुने एसिया कपमा ६ टोलीको सहभागीता छ । नेपालले रोहित पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरेको छ ।

प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा रोहित झन्डै २१ वर्ष (२० वर्ष ३ सय ४८) दिनका भएका छन् । नेपालका रोहितपछि पाकिस्तानका कप्तान बाबर आजम २८ वर्ष ३ सय ५ दिन र अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदी २८ वर्ष २ सय ८४ दिनका भएका छन् ।

भारतका कप्तान रोहित शर्मा ३६ वर्ष १ सय ८ दिन, श्रीलंकाका कप्तान दासुन शानका झण्डै ३२ वर्ष ( ३१ वर्ष ३ सय ४१ दिन) र बंगलादेशका कप्तान सकीब अल हसन ३६ वर्ष १ सय ४५ दिन छ ।

एसिया कपको लागि नेपाल, पाकिस्तान र बंगलादेशले अन्तिम टोली घोषणा गरेका छन् । भारत, श्रीलंका र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ ।

एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा अफगानिस्तान, बंगगलादेश र श्रीलंका छन् । नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपालले ३० अगष्टमा पाकिस्तान र ४ सेप्टेम्बरमा भारतसँग खेल्नेछ ।

यदि शीर्ष समूह चरणमा शीर्ष दुईमा पर्न सके नेपाल सुपर फोर खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.