default_image

2 years ago

August 16, 2023

मुस्तफा युएईको टोलीबाट बाहिर

5836 views

0 Bookmark

एजेन्सी – अनुभवी अलराउन्डर रोहन मुस्तफालाई बाहिर राख्दै घरेलु टोली युएईले न्युजिल्यान्डसँग हुने तीन टि२० आई खेलको सिरिजको लागि १६ सदस्य टोली घोषणा गरेको छ । दुई अनक्याप्ड खेलाडी टोलीमा समेट्दा रोहन मुस्तफा टोलीमा छैनन् ।

मुस्तफा पछिल्लो समय नेपालविरुद्ध मैदानमा आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए । नेपाली खेलाडीसँग लगातार मैदानमा भनाभन गर्दै आएका थिए । मुस्तफालाई युएईले टि२० टोलीबाट बाहिर राखेको छ । सर्वाधिक अनुभवी ब्याटर मुस्तफालाई बाहिर राख्दा युएईले न्युजिल्यान्डविरुद्ध टि२० आई सिरिजमा युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ । मुस्तफाको प्रदर्शन पछिल्लो समय राम्रो छैन ।

अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालविरुद्ध पाँच विकेट लिएका स्पिनर मोहम्मद फराजुदीन र जेश जियानानीलाई पहिलो पटक टोलीमा समेटेको छ । गत मार्चमा आइसिसी विश्वकप लिग २ मा टियु मैदानमा नेपालविरुद्ध ४१ बलमै शतक प्रहार गर्ने आसिफ खानले टि२० आईमा डेब्यू गर्ने भएका छन् ।

लगातार ओडिआईमा सानदार प्रदर्शन गरेपछि युएईले आसिफ खानलाई टोलीमा समेटेको छ । अघिल्लो महिना विश्वकप छनोटमा आसिफ खानले अमेरिकाविरुद्ध १ सय ५१ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

त्यो कुनैपनि युएईका ब्याटरले ओडिआईमा खेलेको ठूलो स्कोर थियो । उनी टि२० टोलीमा हुँदा ब्याटिङ मजबुत बन्नसक्छ ।


युएईको ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गर्नेक्रमा उनले विश्वकप प्लेअफ छनोटमा अमेरिकाविरुद्ध १ सय ३, नामिबियाविरुद्ध ९६ र जर्सीविरुद्ध ८२ रन बनाएका थिए । त्यस्तै मोहम्मद वासिमले टि२० आई टोलीमा कप्तानी गर्ने भएका छन् ।

मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान प्रमुख ब्याटरको रुपमा छन् । युएई र न्युजिल्यान्डबीच पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ । सबै खेल दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछन् । सबै खेल साँझ ७ : ४५ मा सुरु हुनेछन् ।

युएईको टोली :

मोहम्मद वासिम (कप्तान), अली नासिर, अंश टन्डन, अर्यांश शर्मा, आसिफ खान, आयन खान, बासिल हामिद, एथान डि सोल्झा, मोहम्मद फराजुदीन, जेश जियानानी, जुनैद सिद्दिक, लवप्रीत सिंह, मोहम्मद जवादुल्लाह, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।

न्युजिल्यान्डको टोली :

टिम साउथी (कप्तान), आदी अशोक, चाद बोवेस, मार्क च्यापम्यान, डेन क्लेभर, जाकोब डफी, डेन फक्सक्रोफ्ट, काइल जेमिसन, बेन लिस्टर, कोल म्याकोन्ची, जेमी निशम, रचिन रविन्द्र, मिचेल सान्टनार, टिम सिफर्ट र विल योंग ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.