2 years ago
August 17, 2023
एजेन्सी – घरेलु टोली संयुक्त अरव इमिरेट्स (युएई) ले पहिलो टि२० आई खेलमा आज न्युजिल्यान्डसँग खेल्दैछ । खेल साँझ ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । खेल तीन टि२० आई सिरिजको हुनेछ ।

युएई घरेलु मैदान र कन्डिसनको फाइदा उठाउन चाहन्छ । न्युजिल्यान्ड सहज जित हात पार्ने सोचमा हुनेछ । न्युजिल्यान्ड युएईको क्रिकेट विकासमा हातेमालो गर्न सिरिज खेल्न लागेको हो । युएईको मोहम्मद वासिम र न्युजिल्यान्डको टिम साउथीले कप्तानी गर्नेछन् ।
न्युजिल्यान्डले आफ्नो पहिलो रोजाईको टोली भने पठाएको छैन । पहिलो रोजाईबाट खेल्दै आएका टिम साउथी, मिचेल सान्टनार, जेम्श निसम र काइल जेमिसन छन् । स्टार अलराउन्डर जेमिसन चोटपछि लामो समयपछि टोलीमा फर्किएका छन् । टिम सिफर्ट, मार्क च्यापम्यान र विल योंग न्युजिल्यान्डका प्रमुख बलर हुन् ।
उता युएईमा मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान प्रमुख ब्याटर हुन् । ओडिआई क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका आसिफ खानको टि२० आईमा डेब्यू खेल हुनेछ ।

युएई बिना दबाब खुलेर खेल्न चाहन्छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ युएईको लागि ठूलो चिन्ताको विषय बन्दै आएको छ । अली नासिर, आयन खान र बासिल हामीद अलराउन्डरको रुपमा छन् । युएईले रोहन मुस्तफालाई टोलीबाट बाहिर राखेको छ ।
न्युजिल्यान्डको तीव्र गतिको बलमा साउथी, बेन लिस्टर, जाकोब डुफी र चाद बोवेस छन् । उता युएईमा मोहम्मद जवादुल्लाह, जहुर खान, अली नासिर र जुनैद सिद्दिक तीव्र गतिका बलरको रुपमा छन् । दोस्रो खेल खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।
युएईको टोली :
मोहम्मद वासिम (कप्तान), अली नासिर, अंश टन्डन, अर्यांश शर्मा, आसिफ खान, आयन खान, बासिल हामिद, एथान डि सोल्झा, मोहम्मद फराजुदीन, जेश जियानानी, जुनैद सिद्दिक, लवप्रीत सिंह, मोहम्मद जवादुल्लाह, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।
न्युजिल्यान्डको टोली :
टिम साउथी (कप्तान), आदी अशोक, चाद बोवेस, मार्क च्यापम्यान, डेन क्लेभर, जाकोब डफी, डेन फक्सक्रोफ्ट, काइल जेमिसन, बेन लिस्टर, कोल म्याकोन्ची, जेमी निशम, रचिन रविन्द्र, मिचेल सान्टनार, टिम सिफर्ट र विल योंग ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]