2 years ago
August 17, 2023
एजेन्सी – घरेलु टोली युएई पहिलो टि२० आई खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । युएईको लागि डेब्यू खेल खेलेका युवा ब्याटर अर्यांश शर्माले ४३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिएपनि जिताउन सकेनन् ।
शर्मा १५ औं ओभरको अन्तिम बलमा बोवेसबाट क्याच आउट भए । त्यो समय युएईलाई जितको लागि ३० बलमा ४१ रन चाहिँदा ४ विकेट हातमा थियो । युएईले एक समय सहज जितको सम्भावना देखाएको थियो । अन्तिम ४२ बलमा ५५ रन चाहिँदा हातमा ६ विकेट थियो । तल्लोक्रमको ब्याटिङले युएईलाई पुन निराश बनायो ।
ओपनर मोहम्मद वासिम डक, वृत्य अरविन्द्य र आसिफ खान १३-१३ रनमा आउट भए । प्रमुख तीन ब्याटर नचल्नु हारको एक कारण बन्यो । अंश टन्डन १२, बासिल हामिद ५, अली नासिर १६ र आयन खान ५ रनमा आउट भए ।
न्युजिल्यान्डका टिम साउथीले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । जेम्श निसमले दुई र कायल जेमिसनले एक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।
न्युजिल्यान्डको जितमा ओपनर टिम सिफर्टले ३४ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । तीव्र गतिका बलर जुनैद सिद्दिकले पहिलो ओभरको पहिलो बलमै ओपनर चाद बोवेसलाई शून्यमा क्याच आउट गराएका थिए । जुहर खानले विकेटकिपर डेन क्लेभरलाई ४ रनमा अली नासिरबाट क्याच आउट गराए ।
बासिल हामिदले टिम सिफर्टलाई आयनबाट क्याच आउट गराए । बासिलले मिचेल सान्टनारलाई २ रनमा बोल्ड गरेपछि न्युजिल्यान्ड ८ ओभरमै ६४–४ को दयनीय अवस्थामा पुगेको थियो । मार्क च्यापम्यान १८ बलमा १५ र जेम्श निशम २२ बलमा २ चौकासहित २५ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड १०९–६ को अवस्थामा पुगेको थियो ।
युएईका जुनैद सिद्दिकले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । बासिल हामिदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । जहुर खान र मोहम्मद फराजुदीनले समान एक विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]