default_image

2 years ago

August 18, 2023

यी हुन् क्यानको जिल्ला जित्ने ४५ अध्यक्ष

3636 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघको जिल्ला चुनाव सम्पन्न भएको छ । ७७ जिल्ला मध्य ४५ जिल्लाले क्यानको सदस्यता पाएका छन् । सबै ४५ जिल्लाको चुनाव सम्पन्न भएकोछ । गत वर्ष १९ र यस पटक २६ जिल्लाको चुनाव सम्पन्न भएको हो ।

अव आगमी तीन सातामा प्रदेशको चुनाव सम्पन्न हुने छ । त्यसपछि केन्द्रिय चुनाव असोजको पहिलो साता हुनेछ । प्रदेश र जिल्ला कार्यसमितिको चुनाव सम्पन्न भएपछि त्यहाँबाट आउने प्रतिनिधिले केन्द्रिय नेतृत्व चयन गर्नेछन् ।

केन्द्रिय चुनावमा यी ४५ जिल्ला, ७ प्रादेशिक क्रिकेट संघ, अम्पायर र स्कोरर संघ तथा प्रशिक्षक संघ र वर्तमान कार्यसमितिले मतदान गर्ने प्रक्रिया रहेको छ । क्रिकेट संघमा १७ कार्यसमिति सदस्य रहेपनि हाल उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामासँगै १५ सदस्यले मात्र केन्दीय चुनावमा मतदान गर्नेछन् ।

क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ । प्रदेशको जिल्ला र प्रदेशको मतभार विस्तृत रुपमा यसरी विभाजन गरिएको छ । प्रदेशको हकमा हरेक २ जिल्ला बराबर १ मत प्राप्त गर्नेछन् । त्यसका लागि प्रतिनिधि चयन गर्न भने प्रदेशको चुनाव हुनेछ ।

हरेक जिल्लाले केन्द्रको चुनावको लागि एक जना प्रतिनिधि पठाउनेछन् । प्रदेशको चुनावमा हरेक जिल्लाबाट चार प्रतिनिधिले भोट हाल्न पाउनेछन् । जिल्ला र प्रदेशबाट अध्यक्ष नै भोट हाल्न आउँछन् भन्ने हुँदैन । जिल्लाले र प्रदेशले अध्यक्ष वा अन्य कुनै सदस्यलाई प्रतिनिधिको रुपमा पठाउन सक्छन् । क्यानका सबै जिल्ला अध्यक्षहरु यस प्रकार छन् ।

१‍‍.कोशी प्रदेश

मोरङ – मोहम्मद बाबु साद

सुनसरी – चेतनाथ पौडेल

इलाम – अर्जुन पौडेल

झापा – प्रबिन थापा

उदयपुर – अल्विन बस्नेत

२. मधेश प्रदेश

सप्तरी – आयुष श्रेष्ठ

सिराहा – सुनिल महासेठ

धनुषा – शोभाकान्त पाण्डे

महोत्तरी – रोशन सिंह

सर्लाही – माधव कर्माचार्य

रौतहट – पवनकुमार गुप्ता

पर्सा – मनिश सिंह

बारा – प्रभात चौरसिया

३.बागमती प्रदेश

मकवानपुर- करण महत्रा क्षेत्री

चितवन – सुदीप पिया

ललितपुर – श्रेखर श्रेष्ठ

भक्तपुर – मनिषराज पाण्डे

काठमाडौं – दिवाकर घले

नुवाकोट- दुर्गाराज पाठक

४. गण्डकी प्रदेशसँग

कास्की – सञ्जय सिंग्देल

तनहुँ – मदन तिमिल्सेना

स्याङ्जा – दीवाकर थापा

नवलपुर – धामनाथ सापकोटा

बाग्लुङ – विष्णुप्रसाद आचार्य

पर्वत – रमेश केसी

५.लुम्बिनी प्रदेश

रुपन्देही – हरि थापा

कपिलवस्तु – प्रकाश गैरे

नवलपरासी पश्चिम – कृष्ण श्रेष्ठ

पाल्पा- राजेश श्रेष्ठ

दाङ- प्रदीप मजगैयाँ

बाँके- सरोबार प्रसाईं

बर्दिया- विनय राजभण्डरी

६.कर्णाली प्रदेश

सुर्खेत- श्रीधर केसी

कालिकोट- खड्गजंग शाही

सल्यान – सबिन हमाल

दैलेख- सन्जिब बिसी

रुकुम पश्चिम- दीपक बाठा मगर

७.सुदूरपश्चिम प्रदेश

बैतडी- बिनोद बहादुर चन्द

कैलाली- विक्रम विष्ट

कञ्चनपुर- विरेन्द्र विष्ट

डोटी- दीनेश सिंह

डडेलधुरा – हरी उप्रेती

दार्चुला- देवेन्द्र भट्ट

अछाम- अनिल कुँवर

बझाङ- प्रबिन धामी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.