2 years ago
August 18, 2023
डिल्लीराज ओझा, धनगढी
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सुरक्षाको कारण टियु क्रिकेट मैदानमा भारतलाई बोलाएर खेल्न नसक्ने अवस्था रहेको बताएका छन् । जिल्ला क्रिकेट संघ कैलालीको निर्वाचनको क्रममा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हामी काठमाडौंको टियुमा पनि भारतलाई बोलाउन सक्दैनौं । किनभने त्यहाँ भीड व्यवस्थापन गर्न सकिदैन । युएई र स्कटल्यान्ड आउँदा त टियुमा नियन्त्रण गर्न नसक्ने भिड छ । श्रीलंका र बंगलादेश आउन तयार छन्, तर हामी भिड नियन्त्रण गर्न सक्दैनौं । तर हामी सबै नेपालीले सरकारलाई जिम्मेवारी गराउन आवश्यक छ । यो देशको राजनीतिक दलहरुले मात्रै गराउन सक्छन्’, चन्दले भने ।
चन्दले पछिल्लो समय विश्व क्रिकेटको नेपाललाई हेर्ने धारणा फेरिएको बताए । ‘सरकारले क्रिकेटमा स्टेडियम नबनाएर गल्ती गर्यो भन्नेहरु छन् । संसदहरु क्रिकेटमा किन पुर्वाधारहरु बनाउनु भएको छैन भनेर बोली राख्नु भएको छ । सुदूरपश्चिमा अहिले पनि स्तरिय स्टेडियम बन्न सकेको छैन । फाप्ला क्रिकेट मैदान बनाए सरकारले कैलाली क्रिकेट संघ वा प्रदेशलाई दियो भने त्यसको सम्पूर्ण खर्च आइसिसीले हेर्छ । १५ जना कर्माचारी राखेर विद्युत र पानी सबै गरेर खेल्न योग्य मैदान बनाउन एक करोड लाग्छ । त्यो रकम आइसिसी दिन तयार छ’, उनले भने ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न सक्ने उनले दाबी गरे । ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न सक्छ । किनभने हामीसँग उत्कृष्ट एरपोर्ट छ । ढिलो चाँडो यहाँका व्यवसाहिहरुले फाइभ स्टार होटल खोल्छन् । सुरक्षाको हामीसँग कुनै समस्या छैन । अन्तर्राष्ट्रिय एर्पोट, सुरक्षा र फाइभस्टार होटल भएमा अन्तर्राष्ट्रिय मैदान हुन्छ । भारत नेपाल आएर खेल्न राम्रो स्टेडियम र सुरक्षा खोजेको छ’, उनले भने ।
चन्द पुन अध्यक्षमा लड्ने मनासय बनाउँदै जिल्ला दौडमा छन् । पुन अध्यक्ष बने पुर्वाधार विकास पहिलो प्राथमिकतामा हुने दाबी पनि गरे ।
‘अवको कार्यकाल मैले नेतृत्व गर्ने अवसर पाएभने पुर्वाधार विकासमा केन्द्रित हुनेछ । आइसिसीले नेपाललाई यति धेरै विश्वास गरेको छ । पुर्वाधार छैन तर २०२७ को यू१९ महिला विश्वकप आयोजना गर्न दिएकोछ’, उनले भने ।

‘हामीले उत्कृष्ट आलोचना र प्रतिरक्षाको बाबजुद पछिल्लो समय नेपाली क्रिकेट स्वर्ण युगमा पुगेको छ । जिम्बावेमा भएको विश्वकप छनोट नेपालले खेलेको अहिले सम्मको ठूलो प्रतियोगिता हो । हामी यहि महिना भारत र पाकिस्तानसँग खेल्दै छौं । धेरै नेपालीको सपना भारत र पाकिस्तानसँग आधिकारीक रुपमै पुरा हुँदै ऐतिहासिक खेल खेल्नेछौं’, चन्दले एसिया कप बारे भने ।
‘यो अहिलेको कार्यकालमा क्रिकेटका म्यानेजमेन्ट र पदाधिकारीले केहि गरेनन् भन्ने कोहिबाट आउँछ भने त्यो मिथ्या हो । अहिलेको प्रशिक्षक मोन्टी देशाई नल्याएको भए र सन्दीप लामिछानेलाई खेल्नबाट बन्चित गरेको भए कुनैपनि हालतमा नेपाली क्रिकेटले यो उचाई लिने सम्भावना थिएन । ब्यक्ति नभएर राष्ट्रको लागि बोर्डले निर्णय लिएकै कारण नेपाली क्रिकेट यहाँसम्म पुगेको छ’, चन्दले भने ।
चन्दसहित क्यानका पदाधिकारी चुनावको दौडमा छन् । बिहीबार कैलालीको निर्वाचनसँगै सबै ४५ जिल्लाको चुनाव सम्पन्न भएको छ । अव आगमी तीन सातामा सातै प्रदेशको चुनाव हुनेछ । त्यसपछि असोज पहिलो साता क्यानको केन्द्रिय चुनाव हुनेछ । क्यान अध्यक्षमा रोशनसिंह र चन्द उठ्ने चर्चा चल्दै आएकोछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]