2 years ago
August 18, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिाएल) २०२३ मा लगातार पाँच छक्का हान्ने बायाँ हाते फिनिसर रिंकु सिंहले भारतीय क्रिकेटमा डेब्यू गरेका छन् ।

आयरल्यान्डसँगको पहिलो टि२० आई खेलमा भारतीय कप्तान जस्प्रित बुमराहले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । रिंकु र तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले डेब्यू गरेका छन् । ओडिआई टोलीबाट खेलि सकेका कृष्णको भने यो टि२० आई डेब्यू हो ।
युवा ब्याटर रिंकु सिंहले कोलकाता नाइट राइडर्सबाट गुजरात टाइटन्सविरुद्ध यस सिजनको आइपिएलमा यश दयाललाई अन्तिम पाँच बलमा ३० रन चाहिँदा लगातार पाँच छक्का हानेका थिए । रिंकले यस सिजनको आइपिएलमा कोलकाताबाट सानदार प्रदर्शन गरेपछि भारतले टोलीमा बोलाएको थियो । उनी फिनिसरको रुपमा चिनिन्छन् ।
बुमराह भारतीय टोलीमा २०२२ जुलाईमा इंग्ल्यान्ड भ्रमणपछि पहिलो पटक फर्किएका छन् । ब्याक इन्जुरीको कारण लामो समय मैदान बाहिर भएका बुमराहलाई एसिया कप र विश्वकप अघि आयरल्यान्ड सिरिज निकै महत्वपूर्ण हुनेछ ।
भारत र आयरल्यान्डबीच पाँच टि२० आई खेल भएको छ । सबै खेलमा भारत विजयी भएको छ । गतवर्ष जुनमा आयरल्यान्डले २ सय २६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।
भारतको प्लेइङ ११ : ऋतुराज गायकवाड, यशस्वी जैसवाल, सन्जु स्यामसन(विकेटकिपर), तिलक बर्मा, रिंकु सिंह, शिवम दुबे, वासिन्टन सुन्दर, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, जस्प्रित बुमराह(कप्तान) र रवि विश्रोई ।
आयरल्यान्डको प्लेइङ ११ : पल स्टर्लिङ(कप्तान), एन्ड्रयू बालबर्नी, लोर्कान टकर(विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डोकरेल, मार्क आदिर, ब्यारी म्याकार्थी, क्रेग योंग, जोशुवा लिटिल र बेन्जामेन ह्वाइट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]