2 years ago
August 18, 2023
एजेन्सी – तीव्र गतिका बलर तथा कप्तान जस्प्रित बुमराहको उत्कृष्ट पूनरागमन प्रदर्शनमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले ६.५ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि वर्षाको कारण खेल हुन नसकेपछि भारत डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भयो । ओपनर ऋतुराज गायकवाड १६ बलमा १ चौका र १ छक्कासहित १९ रन र सञ्जु स्यामसन १ रनमा नट आउट रहे ।
तीव्र गतिका बलर क्रेग योंगले सातौं ओभरको दोस्रो बलमा ओपनर यशस्वी जैसवाललाई २४ रनमा क्याच गराए । सर्ट बलमा जैसवाल कप्तान पल स्टर्लिङबाट क्याच हुनुअघि २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा तिलक बर्मा वाइड बलमा एज लागेर पेभेलिएन फर्किए । आयरल्यान्डका क्रेग योंगले ५ बलमा २ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । आयरल्यान्डका ब्यारी म्याकार्थीले ३३ बलमा ४ चौका र ४ छक्कासहित ५१ रनमा नट आउट रहे ।
कर्टिस क्याम्फर ३३ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । एक समय १०.३ ओभरमा ५९-६ को दयनीय अवस्थामा पुगेको आयरल्यान्डलाई सातौं विकेटका लागि क्याम्फर र म्याकार्थीले ४७ रनको साझेदारी गरेका थिए ।
एक वर्ष भपछि भारतीय टोलीमा फर्किएका बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए । बुमराहले एन्ड्रयु बालबर्नीलाई ४ रनमा बोल्ड आउट गरे ।
बुमराहको बलमा लोर्कान टकर सन्जु स्यामसनबाट क्याच आउट भएका थिए । स्पिनर रवि विश्रोईलो पल स्टर्लिङलाई ११ रनमा बोल्ड गरे । प्रसिद्ध कृष्णाले ह्यारी टेक्टरलाई ६ रनमा क्याच गराएपछि आयरल्यान्ड २७-४ को दयनीय अवस्थामा पुगेको थियो । जर्ज डोकरेल १ र मार्क आदिर १६ रनमा आउट हुँदा आयरल्यान्ड ५९-६ को अवस्थामा पुगेको थियो ।
भारतका जस्प्रित बुमराहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । बुमराहनै खेलको प्लेयर अफ द म्याच चुनिए । रवि विश्रोई र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए ।
अर्शदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । अन्तिम ओभरमा अर्शदीपले २२ रन खर्चिएका थिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]