2 years ago
August 19, 2023
एजेन्सी – नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा भदौ १३ (आगष्ट ३०) मा हुनेछ ।

उद्धघाटन खेल हुँदा धेरैको नजर यस खेलमा हुनेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको छ । भारत र पाकिस्तानसँग नेपालले खेल्ने हुँदा विश्वको नजर नेपाली टोली र खेलाडीमा हुनेछ ।
कुनैपनि टोलीको प्रदर्शन मैदान र कन्डिसनले धेरै फरक पार्नेछ । कन्डिसन अनुसार खेल्न नसके कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन । नेपालले खेल्ने मुल्तान मैदानको कुल दर्शक क्षमता झण्डै ३५ हजार छ । मुल्तानमा २००१ देखी अन्तर्राष्ट्रिय खेलहरु हुँदै आएका छन् ।
मुल्तानमा पहिलो ओडिआई खेल २००३ सेप्टेम्बरमा पाकिस्तान र बंगलादेशबीच भएको थियो । अन्तिम खेल २०२२ जुन १२ मा वेस्टइन्डिजविरुद्ध पाकिस्तानले खेलेको थियो । मुल्तानमा हालसम्म १० मात्रै ओडिआई खेल भएका छन् । पाकिस्तान १० मध्य ७ खेलमा विजयी भएको छ । २००७ मा दक्षिण अफ्रिकासँग हारपछि पाकिस्तानले मुल्तानमा कुनैपनि ओडिआई खेल गुमाउनु परेको छैन ।
यस मैदानमा ओडिआईमा सर्वाधिक उच्च स्कोर ३ सय २३ रन छ । २००३ मा पाकिस्तानले बंगलादेशविरुद्ध ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । मुल्ताानमा ओडिआईमा २० इनिङ मध्य तीन इनिङमा मात्रै ३ सय माथि योगफल बनेको छ ।

पाकिस्तानले २०२२ मा वस्टइन्डिजले दिएको ३ सय ६ रनको लक्ष्य ५ विकेट गुमाउँदै पूरा गरेको थियो । अन्य कुनैपनि खेलमा ३ सय रनको आँकडा पूरा हुन सकेको छैन । सबै भन्दा कम स्कोर जिम्बावे पाकिस्तानसँग १ सय ४८ रनमा अल आउट भएको थियो ।
मुल्तानमा ओडिआईमा सर्वाधिक रन पाकिस्तानका इमाम उल हकले बनाएका छन् । उनले गतवर्ष वेस्टइन्डिजविरुद्ध ३ खेलमा १ सय ९९ रन बनाएका थिए । यस मैदानमा हालसम्म ओडिआईमा ६ शतक प्रहार भएका छन् ।
वेस्टइन्डिजका मार्लोन सामुएल्सले २००६ मा १ सय, बंगलादेशका सकिब अल हसनले २००८ मा १ सय ८, पाकिस्तानका अब्दुल रजाकले २००४ मा जिम्बावेविरुद्ध १ सय ७, बाबर आजमले वेस्टइन्डिजविरुरुद्ध १ सय ३, यासिर हामिदले १ सय १६ र वेस्टइन्डिजका शाई होपले १ सय २७ रन बनाएका थिए ।
होप मुल्तानमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । सन् २००४ मा भारतका विरेन्द्र सहभागले टेस्ट क्रिकेटमा खेलेको ३ सय ९ रनको इनिङ यसै मैदानमा थियो ।

मुल्तानमा बलिङमा स्पिनरको आकडा राम्रो छ । सादब खान र मोहम्मद नवाजले सर्वाधिक ७ विकेट लिएका छन् । शोएब मलिक र शाहिद अफ्रिदीले ६–६ विकेट लिएका छन् । गतवर्ष वेस्टइन्डिजका निकोलस पुरनले स्पिन गर्दै एकै खेलमा चार विकेट लिएका थिए ।
२०२३ को पाकिस्तान सुपर लिगमा मुल्तानमा पाँच खेल भएका थिए । पहिला ब्याटिङ गर्ने टोली चार खेलमा विजयी भएका थिए । मुल्तान सुल्तानबाट कराँचीविरुद्ध मोहम्मद रिजवानले १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।
मुल्तानले पहिला ब्याटिङ गर्दै पछिल्ला तीन खेलमा २१०, १९० र १९६ रन बनाएको थियो । यसै मैदानमा तीव्र गतिका बलर इहसानउल्लाहले क्वेटा ग्याडियटर्सविरुद्धै एकै खेलमा पाँच विकेट लिएका थिए ।
बाउन्ड्री
मुल्तानको बाउन्ड्री ६८ देखी ८० मिटर सम्म छन् । डीप स्क्वायर लेग, ब्याक डीप स्क्वायर लेग, थर्डम्यान, ब्याक प्वाइन्ट र फाइन लेगमा तुलनात्मक रुपमा बाउन्ड्री सानो हुनेछ ।
मुल्तान पनि ब्याटिङ सहयोगी मैदान मानिन्छ । रावलपिंन्डी जस्तो चौका र छक्काको वर्षा हुने पिच त होईन । तर ब्याटरको लागि ब्याटिङ गर्न सहज मानिन्छ । स्पिनर उक्त मैदानमा बढी हाबी हुँदै आएका छन् । हरियो घाँस वा दुबो नभएमा स्पिनर हाबी हुन सक्छन् ।
मुल्तान मैदानले विश्राम पाएको हुँदा ग्राँस भएमा तीव्र गतिका बलर हाबी हुन सक्छन् । अन्त्यमा पिच कस्तो हुने प्रतियोगिता सुरु हुन अघिको तयारीले निर्धारण गर्दछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]