2 years ago
August 19, 2023
एजेन्सी – नेपालले दुई सातापछि एसिया कपमा भारतसँग खेल्ने खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिएका छन् । नेपाल र भारतबीचको खेल श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ ।

उक्त रंगशालाको दर्शक क्षमता ३५ हजार छ । पाकिस्तान क्रिकेट बोर्डले बिक्रीमा राखिएका भिभिआईपी लेभल बी र ए दुबैका टिकट सकिएको जनाएको छ । उक्त भिभिआईपी स्थानको लागि टिकट मूल्य ५० डलर (६ हजार ६ सय ५० रुपैयाँ) राखिएको थियो । सबै टिकट सोल्ड आउट भएका छन् ।
भिआइपी ए र बी लोवेर ४० डलर (५ हजार ३ सय १९) रुपैयाँ राखिएको थियो । ए र बी दुबै भिआईपी टिकट सोल्ड आउट भएका छन् ।
पिसिबीले बिक्रीमा राखेका भिभिआईपी र भिआईपी दुबै टिकट सकिएका हुन् । अव नेपाल र भारतबीचको खेल हेर्न १० डलर (१३ सय ५० नेपाली रुपैयाँ) का झण्डै १६ सय टिकट मात्रै बिक्रीमा छन् ।
नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा भदौ १३ (आगष्ट ३०) मा हुनेछ । पाकिस्तानले नेपालसँगको खेलको लागि ८ विभिन्न स्थानको लागि टिकट राखेको थियो । जसमा चार स्थानको टिकट सकिएको छ । नेपाल र पाकिस्तानबीचको खेलको लागि अव चार स्थानमा ३४ सय १२ टिकट बिक्री हुन बाँकी छन् ।
नेपाल र पाकिस्तानबीचको खेल हेर्न टिकट मूल्य २ देखी १६ डलर सम्म राखिएको छ । एसिया कप अगष्ट ३० देखी १७ सेप्टेम्बरसम्म श्रीलंका र पाकिस्तानमा हुनेछ । नेपाली टोली अर्को साता पाकिस्तान जाने तयारी गरेकोछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]