default_image

2 years ago

August 19, 2023

जोशी सुदूरपश्चिम प्रादेशिक संघको अध्यक्षमा निर्वाचित

581 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बासुदेव जोशी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रादेशिक संघको चुनावमा जोशी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

जोशी नेपाली क्रिकेट टोलीको छनोटसमितिको सदस्य समेत हुन् । अध्यक्षसहित १३ सदस्य समितिनै निर्विरोध रुपमा चयन भएको छ । उपाध्यक्ष पदमा रमेश बहादुर बोहोरा, सचिवमा लक्ष्मण दत्त भट्ट र कोषाध्यक्षमा दीनेश बहादुर सिंह निर्विरोध चुनिएका छन् ।

त्यस्तै हरि रेग्मी, शेर सिंह खत्री, तेज कार्की, अनिल कुँवर, माया रावत साँउद, रमेश बहादुर चन्द, जोग बहादुर दौल्याल, बाबुराजा श्रेष्ठ र आषिश कुमार खत्री सदस्यमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव असोज पहिलो साता हुँदैछ । त्यसअघि जिल्ला र प्रदेश चुनाव हुनेछ । सबै ४५ जिल्लाको चुनाव सकिएको छ । अव बाँकी ६ प्रदेशको चुनाव हुनेछ । बागमती प्रदेशमा नेपाली क्रिकेट टोलीका पूर्वाकप्तान पारस खड्का अध्यक्षमा लड्ने छन् ।

केन्द्रिय चुनावमा ४५ जिल्ला, ७ प्रादेशिक क्रिकेट संघ, अम्पायर र स्कोरर संघ तथा प्रशिक्षक संघ र वर्तमान कार्यसमितिले मतदान गर्ने प्रक्रिया रहेको छ ।

क्रिकेट संघमा १७ कार्यसमिति सदस्य रहेपनि हाल उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामासँगै १५ सदस्यले मात्र केन्दीय चुनावमा मतदान गर्नेछन् । क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.