default_image

1 year ago

August 19, 2023

न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित

4001 views

0 Bookmark

एजेन्सी – स्पिनर आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा युएईले टेस्ट टोली न्युजिल्यान्डमाथि दोस्रो टि२० आई खेलमा ७ विकेटको ऐतिहासिक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । युएईले कुनैपनि खेलमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो ।

जितको लागि १ सय ४३ रनको मध्यम विजयी पछ्याएको युएईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा कप्तान मोहम्मद वासिमले २९ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनको योगदान दिए । वासिमलाई दुई जीवनदान दिनु न्युजिल्यान्डलाई भारी पर्यो ।

चौथो ओभरको पहिलो बलमा काइल जेमिसनले थर्डम्यानमा वासिमको क्याच ७ रनमा छाड्दै जीवनदान दिएका थिए । वासिमलाई नवौं ओभरको अन्तिम बलमा बेन लिस्टरले थर्डमै ४१ रनमा क्याच छोड्दै अर्को जीवनदान दिएका थिए ।

पहिलो खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका युवा ओपनर अर्यांश शर्मा पहिलो ओभरमै शुन्यमा आउट भए । टिम साउथीको बलमा फस्ट स्लिपमा निशमले एक हातले सानदार क्याच लिएका थिए ।

आसिफ खान २९ बलमा ५ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे । वृत्य अरविन्द २१ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । बासिल हामिद १२ रनमा नट आउट रहे । न्युजिल्यान्डका टिम साउथी, मिचेल सान्टनार र काइल जेमिसनले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

न्युजिल्यान्डका युवा ब्याटर मार्क च्यापम्यानले ४६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । च्यापम्यान बाहेक कुनैपनि न्युजिल्यान्डका ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले तेस्रो ओभरमै प्रमुख ब्याटर टिम सिफर्टलाई ७ रनमा बोल्ड आउट गरेका थिए । त्यसपछि बायाँ हाते स्पिनर आयन खानले न्युजिल्यान्डको शीर्षक्रम ब्याटिङ ध्वस्त पारे । आयनले पाँचौं ओभरमा लगातार दुई विकेट लिएपछि न्युजिल्यान्डले पावर प्लेमै संघर्ष गर्न पुगेको थियो ।

विकेटकिपर डेन क्लेभरलाई १ र मिचेल सान्टनारलाई आयनले शून्यमा बोल्ड गर्दै लगातार दुई विकेट लिएका थिए । स्पिनर मोहम्मद फराजुदीनले कोले म्याकोन्चीलाई ९ रनमा आउट गराए । आयनले ओपनर चाद बोवेसलाई २१ रनमा स्टम्पिङ आउट गराएका थिए । उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

काइल जेमिसन ८, टिम साउथी ४ र रचिन रविन्द्रले २ रन बनाए । युएईको जितमा आयन खानले ४ ओभरमा २० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

अली नासिर, जहुर खान र मोहम्मद फराजुदीनले समान एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।

November 8, 2024

सन्जुको शतकमा दक्षिण अफ्रिकालाई बलियो लक्ष्य

एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । ४ खेलको टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ३ रनको बलियो लक्ष्य दिएको हो । दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट […]

November 8, 2024

सोमपालसहितले गरे कर्णाली याक्सको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ। पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे। कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका […]

November 8, 2024

खुला इन्डोर क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस क्रिकेट टोलीको समर्थक समूह बार्मी आर्मी क्रिकेट नेपालको आयोजनामा खुला इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मङ्सिर २ देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल २४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार मुख्य वर्गमा विभाजन गरिएको छ । जसमा अन्तर-कलेज प्रतियोगिता, कर्पोरेट लिग, राष्ट्रिय खेलाडी सम्रमिलित र नयाँ […]

Success

Thank you for your time.