default_image

2 years ago

August 20, 2023

भारतलाई एक खेल अगावै सिरिज

2351 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई ३३ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन खेलको सिरिजमा भारतले २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । आयरल्यान्डका ओपनर एन्ड्रयू बालबर्नीले ५१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । मार्क आदिरले १५ बलमा ३ छक्कासहित २३ रनमा आउट भए ।

ओपनर पल स्टर्लिङ र लोर्कान टकर तीव्र गतिका बलर अर्शदीप सिंहको तेस्रो ओभरमै शून्यमा आउट भएका थिए । ह्यारी टेक्टर ७ रनमा रवि विश्रोईको बलमा बोल्ड भए । कर्टिस क्याम्फर १८, जर्ज डोकरेल १३ र ब्यारी म्याकार्थी २ रनमा आउट भए ।

भारतका प्रसिद्ध कृष्णाले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । रवि विश्रोईले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।

भारतको जितमा ओपनर ऋतुराज गायकवाडले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । ओपनर यशस्वी जैसवाल ११ बलमा २ चौक र १ छक्कासहित १८ र तिलक बर्मा १ रनमा आउट भए ।

सन्जु स्यामसन २६ बलमा ५ चौका र १ छक्कासहित ४० रनमा बेन्जामेन ह्वाइटको बलमा बोल्ड आउट भए । रिंकु सिंहले तल्लोक्रममा २१ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । शिवम दुबे १६ बलमा २ छक्कासहित २२ रनमा नट आउट रहे ।
आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । मार्क आदिर, क्रेग योंग र बेन्जामिन ह्वाइटले एक एक विकेट लिए । पहिलो खेलमा भारत डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.