2 years ago
August 21, 2023
एजेन्सी – लेगस्पिनर युजभेन्द्र चहल र विकेटकिपर सन्जु स्यामसन दुई सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसया कपको लागि भारतीय टोलीमा स्थान बनाउन सकेनन् ।

भारतले एसिया कपको लागि १७ सदस्य टोली घोषणा गरेको छ । प्रमुख दुई ब्याटर श्रेयस ऐर र लोकेश राहुल टोलीमा फर्किएका छन् । राहुल २०२३ मार्च र श्रेयस ऐर गत जनवरी देखी भारतीय टोलीमा थिएनन् । चोटपछि यी दुई ब्याटर टोलीमा फर्किएका हुन् ।
यसअघि ऐर र राहुल दुबैले एसिया कप गुमाउने भारतीय मिडियाले दाबी गरेका थिए । केहि साता अघि वेस्टइन्डिजविरुद्ध प्रदर्शनपछि भारतले दुबैलाई एसिया कपमा समेट्ने निर्णय लिएकोछ । युवा ब्याटर तिलक बर्मालाई भारतीले एसिया कपमा मौका दिएको छ ।
तर भारतका प्रमुख स्पिनर युजभेन्द्र चहल भने टोलीमा छैनन् । लेग स्पिनर चहलले भारतीय ओडिआई टोलीबाट ७२ खेलमा १ सय २१ विकेट लिएका थिए । २०१७ देखी २०१९ सम्म भारतले चहल र कुलदीप यादवलाई पहिलो रोजाईमा खेलाउँदै आएको थियो । कुलचा जोडीको उपनाम पाएका यी दुई स्पिनरले टोलीमा सानदार प्रदर्शन गरेका थिए ।

भारतले ब्याटिङलाई ध्यानमा राख्दा चहललाई मौका दिएको छैन । भारतले स्पिनरको रुपमा कुलदीप याादव, रविन्द्र जडेजा, अक्षर पटेल र तिलक बर्मालाई राखेको छ । कुलदीप बाहेक अन्य तीन खेलाडी अलराउन्डरको रुपमा खेल्नेछन् ।
स्यामसन पुन भारतीय टोलीमा अभागी सावित भएका छन् । भारतले विकेटकिपरको रुपमा ईशान किशन र लोकेश राहुललाई राखेको छ । राहुल टोलीमा फर्किएपछि स्यामसनको स्थान कठिन बनेको हो । राुहलले पाँचौं नम्बरमा ब्याटिङको साथै किपिङ गर्ने छन् । स्यामसन वैकल्पिक खेलाडीको रुपमा छन् ।
भारतीय अनुभवी ब्याटर शिखर धवन पनि मौका पाउन सक्ने सम्भावित ब्याटर थिए । तर रोहित शर्मा, शुभमन गिल र ईशान किशनको कारण टोलीमा छैनन् । विराट कोहली, रोहित शर्मा र लोकेश राहुल भारतका प्रमुख ब्याटर हुन् । ओडिआईमा संघर्ष गर्दै आएका सूर्यकुमार यादवलाई भने भारतले निरन्तरता दिएको छ ।

भारतले तीव्र गतिको बलरमा शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, प्रसिद्ध कृष्णा र मोहम्मद शिराजलाई टोलीमा राखेको छ ।
एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म हुनेछ । भारतका सबै खेल श्रीलंकामा हुनेछन् । नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।
भारतको टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्णा
सन्जु स्यामसन (वैकल्पिक)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]