default_image

2 years ago

August 21, 2023

‘भारत र पाकिस्तानविरुद्ध खेल्दा हामीलाई गुमाउनु केहि छैन’ – वसन्त शाही

2597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरले एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध खेल्दा गुमाउनु पर्ने केहि नभएको बताएका छन् । टियुमा बन्द प्रशिक्षणमा ब्यस्त भएका शाहीले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘भारत र पाकिस्तान विश्वकै क्रिकेटमा दुई ठूला टिम हुन् । उनीहरुसँग खेल्नु नै एउटा सौभाग्य पनि हो । ठूलो टोली हो भन्दैमा हामी आतिएका पनि छैनौं । हामीले गर्ने भनेको राम्रो क्रिकेट खेल्ने प्रयास गर्ने हो । तर नतिजा हाम्रो हातमा हुँदैन । हाम्रो प्रयास उनीहरुविरुद्ध जसरी पनि राम्रो खेल्ने हुनेछ । हामी टोली को छ भनेर हेर्ने छैनौं । हाम्रो तर्फबाट शतप्रतिशत दिने प्रयास गर्ने छौं’, शाहीले भने ।

‘यो प्रतियोगिता खेल्न टिम उत्साहित छ । हामीले दबाब लिएका छैनौं । हामीलाई गुमाउनु केहि पनि छैन । केहि गरि हामीले राम्रो गर्न सके ठूलो उपलब्धी हुनेछ । अस्ति मात्रै युएईले न्युजिल्यान्डलाई हराएको अवस्था छ । हामी पनि टेस्ट टोलीलाई हराउने नजिक नजिक थियौं । विश्वकप छनोटमा आयरल्यान्डलाई झण्डै हराई सकेका थियौं । क्रिकेटमा असम्भव केहि छैन’, उनले भने ।

गतवर्ष मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि शाही सहायह प्रशिक्षक छन् । उनले नेपाली यू-१९ टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । लुम्बिनी प्रदेशका मुख्य प्रशिक्षक समेत हुन् । उनले मोन्टी आगमनले खेलाडीको मानसिकता परिवर्तन भएको बताएका छन् ।

नेपालका पहिलो ब्याचका खेलाडी समेत रहेका शाहीको पूरा भिडियो हेर्नुहोस् :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.