2 years ago
August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) –कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् । मंगलबार झापामा भएको निर्वाचनमा सर्वजितले अर्का अध्यक्षका प्रत्याशि बिप्लव घोषलाई पराजित गरेका हुन् । पाण्डेले १९ र घोषले १३ भोट प्राप्त गरे ।

त्यस्तै उपाध्याक्षमा अनुप ढुंगाना १८ भोटका साथ विजयी भएका हुन् । उनले अर्का उपाध्यक्षका प्रत्याशि प्रविन थापालाई चार भोटले पराजित गरे ।
सचिवमा टिकाराम पुरीले चार भोटले नै अर्जुन पौडेललाई पराजित गर्दै निर्वाचित भए । टिकारामले १८ र अर्जुनले १४ भोट प्राप्त गरे ।
कोषाध्यक्षमा बिरु श्रेष्ठले चेतनाथ पौडेललाई पाँच भोटले हराउँदै जितेका छन् । बिरुले १९ र चेतनाथ पौडेलले १३ भोट प्राप्त गरे ।
सदस्यहरुमा सुरेश गुरागाँई, सुमेश कुमार हलुवाई, शिवकुमार यादव, सचित आनन्द सुब्बा, मिङ्मा डन्डु शेर्पा, नारद नेपाल, नवीन घिमिरे, रामकृष्ण आचार्य र अम्बिका बुढाथोकी विजयी भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव असोज पहिलो साता हुँदैछ । त्यसअघि जिल्ला र प्रदेश चुनाव हुनेछ । सबै ४५ जिल्लाको चुनाव सकिएको छ । अव बाँकी पाँच प्रदेशको चुनाव हुनेछ । सुदूरपश्चिम प्रदेशमा बाशुदेव जोशी सर्वसम्मत रुपमा अध्यक्ष जितेका थिए ।
बागमती प्रदेशमा नेपाली क्रिकेट टोलीका पूर्वाकप्तान पारस खड्का अध्यक्षमा लड्ने छन् । केन्द्रिय चुनावमा ४५ जिल्ला, ७ प्रादेशिक क्रिकेट संघ, अम्पायर र स्कोरर संघ तथा प्रशिक्षक संघ र वर्तमान कार्यसमितिले मतदान गर्ने प्रक्रिया रहेको छ ।
क्रिकेट संघमा १७ कार्यसमिति सदस्य रहेपनि हाल उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामासँगै १५ सदस्यले मात्र केन्दीय चुनावमा मतदान गर्नेछन् । क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ ।
क्यान चुनाव र कस्ले भोट हाल्न पाउने बारे सम्पूर्ण जानकारी यो भिडियोमा हेर्नुहोस् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]