default_image

2 years ago

August 22, 2023

सीता र रुविनाले दिलाए नेपाललाई दुई महत्वपूर्ण विकेट

998 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अलराउन्डर सीता रानामगरले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङविरुद्ध महत्वपूर्ण तेस्रो सफलता दिलाएकी छिन् । मलेसियाको बायोमास ओभलमा टस हारेको हङकङले १४ ओभरमा ४ विकेट गुमाउँदै ६६ रन बनाएको छ ।

सीताले १३ औं ओभरको चौथो बलमा सिंह यान डोरोथेआ चानलाई १३ रनमा कविता कुँवरबाट क्याच गराइन् । उनले ३३ बल खेलेकी थिन् । एक समय ३.३ ओभरमा १३-२ को अवस्थामा पुगेको हङकङलाई सिंह यान र का यिंग चानले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।

का यिंग चान २९ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा आउट भइन् । १४ औं ओभरको दोस्रो बलमा का यिंगलाई बोल्ड आउट गरेकी हुन् । दुबै सेटर ब्याटर पेभेलिएन फर्केपछि नेपाल पुन हाबी हुन थालेको छ ।

नेपाललाई तेस्रो ओभरको पहिलो बलमै तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा प्रमुख ब्याटर मारिको हिललाई ६ रनमा सीता रानामगरबाट क्याच गराउँदै महत्वपूर्ण सफता दिलाएकी थिइन् ।

डेब्यू खेल खेलेकी तीव्र गतिकी बलर पुजा महतोले चौथो ओभरको तेस्रो बलमा अर्की ओपनर यासमिन दासवानीलाई ६ रनमा बोल्ड आउट गरेकी थिइन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.