2 years ago
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालकी सर्वाधिक अनुभवी अलराउन्डर सीता रानामगरले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङविरुद्ध करिअरको उत्कृष्ट प्रदर्शनका साथ पाँच विकेट लिएकी छिन् । मलेसियाको बायोमास ओभलमा टस हारेको हङकङले १७ ओभरमा ८ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।

नेपाली सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । यो उनको महिला टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । सीता नेपाली महिला टि२० आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर हुन् ।
यसअघि २०१९ मा अन्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध ६-६ विकेट लिएका थिए । गतवर्ष अस्मिना कर्माचार्यले पाँच विकेट लिएकी थिइन् ।
सीताले १३ औं ओभरको चौथो बलमा सिंह यान डोरोथेआ चानलाई १३ रनमा कविता कुँवरबाट क्याच गराउँदै नेपाललाई खेलमा फर्काएकी थिइन् । एक समय ३.३ ओभरमा १३-२ को अवस्थामा पुगेको हङकङलाई सिंह यान र का यिंग चानले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी सीताले तोडेकी थिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]