2 years ago
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालकी सर्वाधिक अनुभवी अलराउन्डर सीता रानामगरले सानदार प्रदर्शन गर्दै पाँच विकेट लिएपछि चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङले नेपाललाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा ८४ रनमा अल आउट भयो । हङकङलाई सस्तैमा रोक्न स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।
यो उनको महिला टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । सीता नेपाली महिला टि२० आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर हुन् । यसअघि २०१९ मा अन्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध ६-६ विकेट लिएका थिए । गतवर्ष अस्मिना कर्माचार्यले युएईविरुद्ध पाँच विकेट लिएकी थिइन् ।
हङकङको लागि का यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाइन् । सीताले १३ औं ओभरको चौथो बलमा सिंह यान डोरोथेआ चानलाई १३ रनमा कविता कुँवरबाट क्याच गराउँदै नेपाललाई खेलमा फर्काएकी थिइन् । एक समय ३।३ ओभरमा १३-२ को अवस्थामा पुगेको हङकङलाई सिंह यान र का यिंग चानले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।
तर सीताले उक्त साझेदारी तोडेपछि नेपाल खेलमा हाबी बनेको थियो । एक समय १२.३ ओभरमा ५५-२ को अवस्थामा रहेको हङकङलाई उनले आफ्नो अनुभव र स्पिन दुबैले धरासयी बनाएकी थिइन् ।
कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर १ विकेट लिइन् । डेब्यू खेल खेलेकी पुजा महतोले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् । इन्दु बर्माले २.१ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]