2 years ago
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सीता रानामगरको सानदार बलिङ प्रदर्शनको सहयोगमा नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा हङकङलाई ६ विकेटले पराजित गर्दै मलेसिया भ्रमणमा विजयी सुरुवात गरेको छ ।

जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा सम्झना खड्का ३६ बलमा ५ चौकासहित ३६ रनमा नट आउट रहिन् । सीता रानामगर ८ बलमा ३ रनमा नटआउट रहिन् ।
नेपालले ओपनर बिन्दु रावललाई दोस्रो बलमै शून्यमा गुमाएको थियो । डेब्यू खेल खेलेकी अर्की ओपनर पुजा महतो १८ बलमा १६ रन बनाउँदै आउट भइन् । उनी का यिंग चानको बलमा बोल्ड भएकी थिइन् । इन्दु बर्मा १३ बलमा ९ र रुविना २० बलमा १ चौकासहित १० रनमा आउट भइन् । उसका लागि इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिए ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा ८४ रनमा अल आउट भएको थियो । हङकङकी मध्यक्रमकी ब्याटर का यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाएपनि त्यो जितको लागि पर्याप्त हुन सकेन । उनी बाहेक अन्य कुनैपनि हङकङका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
हङकङले तेस्रो ओभरको पहिलो बलमै प्रमुख ब्याटर मारिको हिललाई ६ रनमा गुमाएको थियो । तीव्र गतिकी बलर कविता कुँवरको बलमा हिल सीताबाट क्याच हुन पुगिन् । सुरुवातमै हिलको विकेट गुम्नु हङकङलाई भारी परेको थियो ।

अर्को ओभरमा हङकङले यासमिन दासवानीलाई ६ रनमै गुमायो । तीव्र गतिकी बलर पुजा महतोले उनलाई बोल्ड गरेकी थिइन् । एक समय ३.३ ओभरमा १३-२ को अवस्थामा पुगेको हङकङलाई सिंह यान र का यिंग चानले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । एक समय हङकङ १२.३ ओभरमा ५५-२ को अवस्थामा थियो ।
सीताले १३ औं ओभरको चौथो बलमा सिंह यान डोरोथेआ चानलाई १३ रनमा कविता कुँवरबाट क्याच गराइन् । उनले ३३ बल खेलेकी थिइन् । १४ औं ओभरको दोस्रो बलमा का यिंगलाई रुविनाले बोल्ड आउट गरेपछि नेपाल खेलमा पूर्ण रुपमा हाबी बनेको थियो । त्यसपछि सीताले थप चार विकेट लिँदै हङकङलाई दयनीय अवस्थामा पुर्याइन् ।
हङकङलाई सस्तैमा रोक्न स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । यो उनको महिला टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । सीता नेपाली महिला टि२० आई क्रिकेटमा अन्जली चन्द, नेरी थापा र अश्मिना कर्माचार्यपछि पाँच विकेट लिने चौथो बलर हुन् ।
कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री बेलबासेले एक एक विकेट लिए । इन्दु बर्माले २.१ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन् । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ । शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ । पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ ।

नेपालले आगमी सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।
नेपालको टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]