default_image

2 years ago

August 22, 2023

सन्दीप बिरामी, नेपाली टोलीसँग नजाने!

7817 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज नजाने भएका छन् । नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जादैछ । तर सन्दीप नेपाली क्रिकेट टोलीसँग पाकिस्तान नजाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरेका छन् । ‘सन्दीप आज नेपाली टोलीसँग जादैनन् । उनी बिरामी छन् । फिट नहुँदा अभ्यासमा पनि आएको थिएनन् । टोली आज राती एक बजे जान्छ’, चन्दले भने । सन्दीप के बिरामी भएको त्यो भने चन्द खुलाउन चाहेनन् ।

चन्दले सन्दीप फिट भएपछि जाने बताएका छन् । क्यानले साढे चार बजे आधिकारीक रुपमा एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गर्दैछ । राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो दुई बजे शीतलनिवासमा बोलाउँदै एक कार्यक्रमकाबीच बिदाई गर्नुको साथै शुभकामना दिएका छन् ।

सन्दीप राष्ट्रपतिको बिदाई कार्यक्रमका पनि गएका थिएनन् । नेपाली टोलीले आइतबार र सोमबार बन्द प्रशिक्षण गर्दा उनी अभ्यासमा पनि गएका थिएनन् । नाबालिग बलात्कारको आरोपमा सन्दीप पछिल्लो एक वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन्। पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

नेपालको एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.