2 years ago
August 22, 2023
एजेन्सी – स्पिनर सामु कमजोर सावित बनेपछि पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ । श्रीलंकाको महिन्दा राजपक्ष इन्टरनेशल रंगाशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४७.१ ओभरमा २ सय १ रनमा अल आउट भयो ।

पाकिस्तानका ओपनर इमाम उल हकले ९४ बलमा २ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिए । उनी मोहम्मद नाबीको बलमा राशिद खानबाट समातिन पुगे ।
ओपनर फखार जमान २ रनमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा क्याच आउट भए । पाकिस्तानका १० मध्य ८ खेलाडी अफगानिस्तानको स्पिनरको शिकार बने । बाँकी दुई एक रन आउट र एक तीव्र गतिका बलरमा आउट भए ।
पाकिस्तानका कप्तान बाबर आजम शून्यमा आउट हुनु ठूलो भारी पर्यो । स्पिनर मुजिब उर रहमानले बाबरलाई शून्यमा एलबीडब्लू आउट गरेपछि पाकिस्तान सम्हाल्लिन सकेको थिएन ।
मोहम्मद रिजवान २२ बलमा ४ चौकासहित २१, अघा सलमान ७, उस्मा मिर र शाहिन शाह अफ्रिदी समान दुई रनमा आउट भए ।
मध्यक्रमका ब्याटर इफ्तिखर अहमद ३० र शादब खान ३९ रनमा आउट भए । नसिम शाहसँग तालमेल नमिल्दा नन स्ट्राइकमा मुजिबको डाइरेक्ट थ्रोमा शादब पेभेलिएन फर्किनु परेको थियो । नसिम शाह २७ बलमा २ चौकासहित १८ रनमा अविजित रहे ।
अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाबीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । प्रमुख स्पिनर राशिद खानले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । रमात शाह र फारुकीले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]