default_image

10 months ago

August 22, 2023

‘म बिरामी भएको होईन’- सन्दीप

13721 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने आफू बिरामी नभएको बताएका छन् । नेपाली क्रिकेट टोली आज राती १ बजे एसिया कप खेल्न पाकिस्तान जाँदैछ। उक्त टोलीमा सन्दीप छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप बिरामी हुँदा नजाने बताएको थियो । तर सन्दीपले भने आफू पूर्ण रुपमा फिट भएको बताएका छन् ।

क्यानले दिउँसो साढे चार बजे आज एभरेष्ट होटल बानेश्वरमा पत्रकार आयोजना गरेको थियो । उक्त पत्रकारसँगको कुराकानीमा मुख्य प्रशिक्षक मोन्टी देशाई, कप्तान रोहित पौडेल र एसिया कपका म्यानेजर प्रदीप मजगैयाँ थिए । सन्दीप बारे सोधिएको प्रश्नमा मजगैयाँले उनी बिरामी भएको बताएका थिए ।

‘यो खास सबैको चिन्ताको विषय पनि हो । खासगरी उसको स्वास्थ्यमा समस्या पनि देखिएको हो । वहाँ अहिले हामीसँग जानुहुन्न । हाम्रो खेल ३० अगष्टमा छ । यदि वहाँको स्वास्थ्य अवस्था ठिक भएमा लैजाने प्रयास क्यानले गरि राखेको छ । हामीसँग वहाँ सम्पर्कमा हुनुन्छ । होटल पनि आइरहनु भएको छ । अहिले नै जानुहुँदैन भनेर हामी भन्न सक्दैनौं । जाने सम्भावना छ’, मजगैयाँले पत्रकारसँगको कुराकानीमा भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले त्यस पहिला नै सन्दीप बिरामी भएको हुँदा नगएको बताएका थिए । तर पत्रकारसँगको कुराकानी पछि सन्दीप टिमलाई भेट्न होटल पुगेका थिए । सन्दीपले आफू बिरामी नभएको बताएका थिए । अनौपचारिक रुपमा सन्दीपले आफू पूर्णरुपमा फिट भएको र आफू विरामी भएको विषयमा होटल आएपछि मात्रै थाहा पाएको बताएका थिए ।

क्यान र टिम दुबैले सन्दीप के बिरामी भएको बताउन भने सकेका थिएनन् । आज नै राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो २बजे शीतलनिवासमा बोलाउँदै एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गर्नुको साथै शुभकामना दिएका थिए ।

सन्दीप राष्ट्रपतिको बिदाई कार्यक्रममा सहभागी भएनन् । नेपाली टोलीले आइतबार र सोमबार बन्द प्रशिक्षण गर्दा उनी अभ्यासमा पनि गएका थिएनन् ।

नाबालिग बलात्कारको आरोपमा सन्दीप पछिल्लो एक वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन्। पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो । उनको काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दाले मानसिक रूपमा खेल्न तयार नभएको बुझिएको छ ।

एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । सन्दीप बाहेक नेपाली टोली आज राती पाकिस्तान जाँदैछ ।

June 15, 2024

नेपाल पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै

किङ्स टाउन/सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ […]

June 14, 2024

अमेरिका विश्वकपको सुपर एटमा, पाकिस्तान बाहिरियो

एजेन्सी – अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । उता दुवै टोलीले अंक […]

June 14, 2024

इङ्ल्यान्डसँग ओमान चौथो ओभरमै पराजित

एजेन्सी – ओमानले दिएको लक्ष्य चौथो ओभरमै पूरा गर्दै इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपमा सुपर एटमा पुग्ने सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डले शुक्रबार बिहान ओमान माथि ८ विकेटको जित दर्ता गरेको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा […]

Success

Thank you for your time.