default_image

1 month ago

August 23, 2023

नेपालले टस हार्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले […]

2067 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले पहिलो खेलबाट टोलीमा दुई परिवर्तन गर्ने निर्णय लिएको छ । लेग स्पिनर खुशी डंगोललाई डेब्यू दिएको छ । त्यस्तै ईश्वरी विष्टलाई पनि आजको खेलमा मौका दिएको छ । खुशी र ईश्वरी टोलीमा आउँदा अश्मिना कर्माचार्य र अप्सरी बेगमलाई बेन्चमा राखेको छ ।

नेपाल आजको खेलमा विजयी हुँदा फाइनल यात्रापक्का पक्की जस्तै हुनेछ । कुवेत पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । पहिलो खेलमा हङकङलाई हराउन स्पिनर सीता रानामगरले पाँच विकेट लिएकी थिइन् ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ र खुशी डंगोल ।

October 2, 2023

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतसँग नेपालको असली अग्नी परिक्षा

हाङ्गचौं (हाम्रो खेलकुद) – यो साता विश्व क्रिकेटमा सबैभन्दा बढी चर्चा नेपाली क्रिकेट टोलीको रह्यो । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियामाथि एकै खेलमा एक दर्जन विश्व कीर्तिमान बनाउँदै सनसनी मच्चायो । नेपालले मंगोलियाविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । टि२० आईका लगभग सबै प्रमुख […]

Success

Thank you for your time.