default_image

2 years ago

August 23, 2023

नेपालको सुस्त सुरुवात

1102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध सुस्त सुरुवात गरेकोछ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ ।


ओपनर विन्दु रावल २२ बलमा ६ रनमा नट आउट छिन् । सीता रानामगर ७ बलमा ४ रन बनाएर खेलेकी छिन् । नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पुजा महतोलाई शून्यमा गुमाएको थियो ।

पुजा मरियम हैदरको बलमा क्याच आउट भइन् । हैदरकै बलमा सम्झना खड्का १ रनमा आउट भइन् । पहिलो खेलमा सम्झनाले हङकङविरुद्ध ३६ बलमा ५ चौकासहित ३६ रनमा नट आउट थिइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले पहिलो खेलबाट टोलीमा दुई परिवर्तन गर्ने निर्णय लिएको छ । लेग स्पिनर खुशी डंगोललाई डेब्यू दिएको छ ।

त्यस्तै ईश्वरी विष्टलाई पनि आजको खेलमा मौका दिएको छ । खुशी र ईश्वरी टोलीमा आउँदा अश्मिना कर्माचार्य र अप्सरी बेगमलाई बेन्चमा राखेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.